शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि, बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घका अध्यक्षमा पराजुली

शनिबार, २० मङ्सिर २०७७, १७ : २९
शनिबार, २० मङ्सिर २०७७

कृषि बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडको एकीकृत साधारणसभाले विनोद पराजुलीका अध्यक्षतामा २३ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । गत असार ३१ गते कृषि बीउ र तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडबीच एकीकरण भएको थियो । कृषिसँग सम्बन्धित सहकारीको छाता संस्थालाई एउटै बनाउने उद्देश्यले एकीकरण गरिएको जनाइएको छ । हाल २० केन्द्रीय सङ्घमध्ये १३ वटा कृषिकै रहेको जनाइएको छ । 

एकीकरण भएपछि शुक्रबार शुरु पहिलो साधारणसभाले आगामी चारवर्षे कार्यकालका लागि २३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो । सङ्घको सहअध्यक्षमा होमनाथ थपलिया, उपाध्यक्ष त्रयमा गोपा बिएम, कालीप्रसाद पाण्डे र रणबहादुर बोहरा निर्वाचित भएका छन् । यसैगरी महासचिवमा मीनबहादुर घिमिरे निर्वाचित भएका छन् । सङ्घको सात जना सचिवमा क्रमशस् हरिप्रसाद प्याकुरेल, श्रीमती सङ्गीता कँडेल, हितराज कार्की, हरिबहादुर थापा, रामप्रसाद पाण्डे, बर्जुराम घतानी र रामचन्द्र रेग्मी निर्वाचित भएका छन्। सात जना सचिवलाई आगामी सञ्चालक समितिको बैठकले प्रदेशगतरुपमा संयोजन गर्नेगरी जिम्मेवारी तोक्ने सचिव प्याकुरेलले जानकारी दिए । 

सङ्घको कोषाध्यक्षमा धर्मेन्द्र महर्जन, सदस्यमा भूमिप्रसाद रेग्मी, कल्याणी बोहरा, रुद्रबहादुर विसङ्खे, पासाङदोर्जे लामा, बद्री सञ्जेल, एकप्रसाद बजगाइँ, गङ्गासागर नेपाल, विवेक ढकाल र रमेश फुयाँल निर्वाचित भएका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप