मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, २० मङ्सिर २०७७, १८ : २०
शनिबार, २० मङ्सिर २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ७३ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । 
आज सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २७ , डडेल्धुरा  अस्पतालको प्रयोगशालामा ९ र कमलबजार प्रयोगशालामा गरिएको परीक्षणमा ३७ गरी ७३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

हालसम्म १ लाख २० हजार ५५४ स्वाबको नमुना जाँच गरिएकोमा ११ हजार ६३६ मा कोरोना संक्रमण फेला परेको उनले बताए । 
यसैबीच सुदूरपश्चिममा थप १ जना कोरोना संक्रमित पुरुषको मुत्यु भएको छ । 

कंचनपुरको कृष्णपुर नगरपालिका २ बस्ने ५८ वर्षीय पुरुषको आज सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप