
मंसिर २२ गतेबाट कटहरियाक सबै सामुदायिक विद्यालय खुल्ने

रौतहट । रौतहटको कटहरिया नगर क्षेत्र अन्तर्गतको सबै सामुदायिक विद्यालय अगामी २२ गतेदेखि संचालन हुने भएका छन्। शुक्रबार बसेको नगर कार्यपालिका बोर्डको निर्णय अनुसार अगामी सोमबारदेखि नगरपालिका अन्तर्गतको सबै बिधालय संचालन हुन लागेका हुन् ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम मास्कको अनिवार्य प्रयोग , समाजिक दुरीसहित स्वास्थ सुरक्षा अपनाएर बिधालय संचालन गरिने नगर शिक्षा संयोजक अनिल कुमार निधिले जानकारी दिए ।
कोभिड १९ को कारण बन्दरहेका जिल्लाको १८ स्थानीय तहका बिधालय मध्ये कटहरियासँगै १७ तहको संचालन भैसकेको छ । हालसम्म एक स्थानीय तह बृन्दाबन नगरपालिका अन्तर्गतको सामुदायिक विद्यालयहरु मात्र संचालनमा आउन नसकेको जिल्ला शिक्षा समन्वय ईकायी प्रमुख रामबिनय सिंहले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ