बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा जीप दुर्घटनामा एकको मृत्यु

शनिबार, २० मङ्सिर २०७७, २१ : ०२
शनिबार, २० मङ्सिर २०७७

दाङमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ असारेमा लुम्बिनी प्रदेश ३–०१–०२२च ६३६९ नंको जीप अनियन्त्रित भएर सडकबाट खेतमा पल्टिँदा घोराही –१७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय उमाकान्त घिमिरे र घोराहीका ३६ वर्षीय समिर पन्त घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप