शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको कहर तीब्र रुपमा बढ्दै : संसार फेरि लकडाउन र प्रतिबन्धतिर फर्कंदै

आइतबार, २१ मङ्सिर २०७७, ०९ : ४५
आइतबार, २१ मङ्सिर २०७७

संसारभरिमा १५ लाख ३४ हजारभन्दा बढी मानिसहरुको मृत्यु कोरोनाभाइरसको कारण भइसकेको छ । तीमध्ये एक तिहाईको मृत्यु त पछिल्लो दुई महिनामा मात्रै भएको हो ।

हालसम्म ६ करोड ६८ लाखभन्दा बढी मासिनहरु कोभिड–१९ बाट संक्रमित भइसकेका छन् । पछिल्लो हप्ता मात्रै प्रतिदिन १० हजारको दरले मानिसहरुका दैनिक मृत्यु भइरहेको छ ।

खोपको सफलताका कथाहरु बाहिर आइरहँदा माथिका तथ्यांकहरुले यो कोरोना महाव्याधिको गम्भीरतालाई देखाइरहको छ ।

गत बिहीबार मात्रै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेसले ‘भ्याक्सिनहरुले चाँचाडै मान्यता पाइहाले पनि संसारले कोभिड–१९ को पराकम्पनसँग दशकौंसम्म जुधिरहनुपर्ने उल्लेख गरेका थिए ।

जाडोको मौसमको आवागमनसँगै पछिल्ला चरणमा तीब्रताका साथ फेरि संक्रमण बढ्न थालेको छ र मानिसहरुको भकाभक मृत्यु हुनु थालेको छ । यसले आगामी दिनहरुमा कोरोनाको कहर झनै तीब्र बनेर पो जाने हो कि भन्ने आशंकालाई जन्माएको छ । यो स्थितिमा कोरोनाको पहिलो लहरमा सबैभन्दा बढी प्रभावित बनेका मुलुकहरुले फेरि कोरोनाविरुद्धको कडाइ तथा लकडाउनहरुलाई अवलम्बन गर्न थालेका छन् । 

इटाली

नयाँ वर्षको आवागमनसँग मानिसहरुको आवातजावात र भ्रमण तीब्र हुने गर्छ । यो स्थितिलाई मध्यनजर गर्दै इटालीले क्रिसमसको समयावधिभरि लकडाउनको नयाँ मापदण्डहरु घोषणा गरेका छन् ।

त्यसअनुसार, आगामी डिसेम्बर २१ देखि जनवरी ६ सम्म इटालीभरि नै सार्वजनिक गतिविधिहरुमा प्रतिबन्धको घोषणा गरिएको छ । त्यसैगरी, डिसेम्बर २५ र २६ मा एक ठाउँबाट अर्को ठाउँमा जानको लागि प्रतिबन्धको घोषणा गरिएको छ ।

अहिले पनि इटालीभरि स्थानीय समयानुसार राति १० बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू लगाइएका छ । जनवरी १ देखि त्यो कफ्र्यका समय बढाएर बिहान ७ बजेसम्म गरिने भएको छ ।

अमेरिका

कोरोनाको कहर सबैभन्दा बढी खेपिरहेको अमेरिकामा दैनिक संक्रमण तथा अस्पताल भर्ना हुनेहरुको संख्या भयावह रुपमा बढ्दै गइरहेको छ । 

राष्ट्रपतिमा निर्वाचित जोन वाइडेनले आफूले कार्यकाल सम्हालेको प्रथम १०० दिना मास्कको प्रयोगलाई अनिवार्य बनाउने बताइसकेका छन् ।

गाजा क्षेत्र

गाजा क्षेत्रका जनघनत्व बढी रहेका भागहरुमा आंशिक लकडाउन लागू गरिएको छ ।

यस दौरानमा मस्जिद तथा स्कुलहरु बन्द रहनेछन् । दिनको समयमा व्यवसायहरु सञ्चालन गर्न पाइनेछ तर रातका कफ्र्य शुरु भएपछि सबै गतिविधिहरुमा प्रतिबन्ध लाग्नेछ । स्थानीय वासिन्दाहरुलाई घरभित्रै बस्न भनिएको छ ।

अन्तरिक मन्त्रिपरिषदका प्रवक्ता अयद अल बोजोमले पत्रकारहरुलाई जानकारी दिएअनुसार, आवश्यक परेमा पूर्ण लकडाउन गर्ने विकल्पका बारेमा पनि सोचविचार भइरहेको छ ।

दक्षिण कोरिया

दक्षिण कोरियामा पनि कोरोना संक्रमणको दर बढ्दै गएपछि भौतिक दूरीका नियमलाई झनै कडाइका साथ लागू गर्नेतिर सोचविचार गरिरहेको छ ।

गत शुक्रबारमा मात्रै दक्षिण कोरियामा कोरनो भाइरसको नयाँ लहरले उच्च रुप लिएको थियो । उक्त दिन संक्रमणका ६२९ वटा नयाँ केसहरु देखापरेका थिए । यो भनेको गत फेब्रुअरीमा दक्षिण कोरियामा देखापरेको कोरोनाभाइरसको पहिलो लहरपछिको सबैभन्दा उच्च संख्या थियो ।

गत महिना मात्रै दक्षिण कोरियाले सामाजिक दूरीको नियमलाई पुनः लागू गरेको थियो । यो स्थितिमा पनि खतराको घण्टी बजाउने गरी संक्रमणको दर बढ्नुले स्थिति गम्भीर रहेको कुरा दक्षिण कोरियाका प्रधानमन्त्री चुङ से–क्यूनले बताएका छन् । यो स्थितिमा कोरानाविरुद्धको कडाइलाई अझै बढाउने कि नबढाउने भन्नेबारे आज आइतबार निर्णय गरिने कुरा पनि उनले बताएका छन्  ।

यतिखेर कोरियामा विश्वविद्यालयका परिक्षाहरु चलिरहो छन् जहाँ करिब ५ लाख विद्यार्थीहरु सहभागी छन् । यसले संक्रमणलाई झनै बढाउने चिन्ता त्यहाँका अधिकारीहरुले गरेका छन् ।

बेलायत

बेलायतले जनस्तरमा भ्याक्सिन दिने भएको छ । यो स्थितिमा भ्याक्सिनको कुनै पनि नकारात्मक प्रभाव देखिएमा बेलायतले प्रत्येक व्यक्तिलाई क्षतिपूर्ति समेत दिने बताइसकेको छ ।

भ्याक्सिनको प्रयोग गर्दा कुनै व्यक्तिमा गम्भीर नकारात्मक असर परेको साबित भएमा बेलायत सरकारले १ लाख २० हजार पौण्ड (१ लाख ६१ हजार ६ सय ७६ अमेरिकी डलर) बराबरको क्षतिपूर्ति दिनेछ । 

इरान

गत बिहीबार मात्रै इरानमा कोराना संक्रमितको संख्या १० लाख नाघेको छ । यो त्यसबेलामा भएको छ, जुनबेलामा इरानका अधिकारीहरु मुलुकका थुप्रै भागहरुमा कोरोनाविरुद्धको कडाइलाई केही खुकुलो बनाउनेबारे विचार गरिरहेका छन् ।

यो स्थितिमा इरानले पनि कोरानोविरुद्धका प्रतिबन्धहरुलाई अझ कडा बनाउँदै लैजानुपर्ने स्थिति पैदा हुँदै गइरहेको पदाधिकारीहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप