बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

संसारकै सबैभन्दा सस्तोमा घर पाउने गाउँ, एउटा घरको मूल्य १ युरो

सोमबार, २२ मङ्सिर २०७७, ०० : ००
सोमबार, २२ मङ्सिर २०७७

एजेन्सी । इटालीमा एउटा यस्तो गाउँ छ, जहाँ अहिले १ युरोमा धमाधम घरहरु विक्री वितरण भैरहेको छ । कास्ट्रोपेग्नानो नामको उक्त गाउँको जनसंख्या ९ सय रहेको छ । संसारमा सबैभन्दा सस्तोमा घर बेच्ने गाउँ पनि कास्ट्रोपेग्नानो नै भएको छ । इटलीको मोलिजको मध्यक्षेत्रमा पर्ने यो गाउँको एउटा घरको मूल्य प्रशासनले १ युरो तोेकेको छ । यो योजना स्थानीय प्रशासनले सुरु गरिसकेको छ ।

कास्ट्रोपिनो सस्तो घर दिने विश्वको पहिलो गाउँ बनेको छ । सन् १९३० को खशकमा यो गाउँमा २५ सय मानिसहरुको बसोबासो रहेको थियो । दोश्रो विश्वयुद्धको क्रममा धेरै मानिसहरु यहाँबाट बसाइँ सरेका थिए । त्यस्तै सन् १९६० पछि धेरै युवा युवतीहरुले रोजगारी र अन्य अवसरहरुका लागि गाउँ छोडे ।

अहिले सो गाउँमा ६० प्रतिशत मानिसहरु ७० वर्षभन्दा माथिका रहेका छन् । अहिले स्थानीय प्रशासन उक्त गाउँलाई पुनःस्र्थापित गर्ने अभियानमा लागेको छ । त्यसकारण पनि निकै सस्तोमा घरहरु किनबेच भैरहेको छ । यसभन्दा पहिले स्थानीय प्रशासनले घरमुलीहरुलाई सूचना पठाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप