शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सगरमाथाको नयाँ उचाइ घोषणासँगै नेपाल र चीनबीचको मित्रता पनि नयाँ उचाइमा पुग्योः चीन

बुधबार, २४ मङ्सिर २०७७, २३ : ३७
बुधबार, २४ मङ्सिर २०७७

काठमाडौं । चीनले सगरमाथाको नयाँ उचाइ घोषणासँगै नेपाल र चीनबीचको मित्रता पनि नयाँ उचाइमा पुगेको दाबी गरेको छ । बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लि च्येनले सो कुरा बताएका हुन् । प्रवक्ता च्येनले सगरमाथाको नयाँ उचाइ घोषणा हुनु चीन र नेपाल बीचको मित्रतामा नयाँ कोशेढुंगा थपिएको बताए ।

उनले भने– ‘यसले ट्रान्स–हिमालयन बहुपक्षीय नेटवर्क विस्तारमा समेत सहयोग पुग्छ ।’ प्रवक्ता च्येनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली समकक्षी विद्यादेवी भण्डारीले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेको उल्लेख गर्दै यसले दुई देशबीचको मित्रतामा नयाँ कोशेढुंगा थपिएको दाबी गरे ।

प्रवक्ता च्येनले दुई देशबीचको यो पहलकदमीले कोरोना महामारीबाट आक्रान्त विश्वमा नयाँ आशा जगाएको समेत स्पष्ट पारे । उनले चीन र नेपालले झैं मिलेर समझ्दारीबाट साथ काम गरेमा कोराना भाइरसलाई सजिलै हराउन सकिनेमा जोड दिए । चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको यसै वर्ष ६५ वर्ष पुग्ने बताउँदै उनले दुई देशको पहलकदमीबाट बिआरआईमा सहकार्यमा समेत प्रगति भैरहेको दाबी गरे । 

मंगलबार नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेमी बढेको घोषणा गरेका थिए । यो घोषणासँगै सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८.८६ मिटर स्थापित भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप