ad
केन्द्रीय संस्करण
कोरोना कहर

कोरोनाभाइरस : विश्वव्यापी कहरको एक वर्ष, अझै थाहा छैन के हुने हो ?

खोपले जगाएको विशाल आशा, तर अझै ढुक्क भइहाल्ने स्थिति बनिसकेको छैन !

person explore access_timeमंसिर २७, २०७७ chat_bubble_outline0

 

 

 

संसारलाई स्तब्ध र अस्तव्यस्त बनाएको कोरोनाभाइरसको नयाँ प्रजाति सार्स–कोभ–२ को प्रकोप अझै टरेको छैन । आजभन्दा करिब १ वर्षअघि, जाडो मौसममा चीनका ऊहान प्रदेशबाट देखापरेको यो भाइरसको प्रकोप गर्मी लाग्दै जाँदा कम भएर जाने अनुमान विश्व वैज्ञानिकहरुले गरेका थिए । तर त्यस्तो भएन । उल्टै यो भाइरसको प्रकोप बढ्दै गएर यतिखेर संसारभरि जनालाई संक्रमित तुल्याइसकेको छ भने जनाको ज्यान लिइसकेको छ ।

हो, यो भाइरसको घातकता वा ज्यानै लिने दर कम छ, नयाँ भाइरस भइकन पनि यसबाट संक्रमित हुनेहरु ठूलो संख्यामा निको पनि भएका छन् । तर खतरनाक र डरलाग्दो कुरा नै के हो भने यो भाइरसको संक्रमण दर अति उच्च छ । त्यसमाथि थप, यो भाइरस, यसका प्रकृति र यसले गर्ने दीर्घकालीन स्वास्थ्य असरहरुका बारेमा अझै पनि वैज्ञानिक जगत् ढुक्क भइसकेका छैनन् । अर्कोतिर यो भाइरसकै कारण यतिखेर विश्वको अर्थव्यवस्था आघातित भएको छ, सम्पूर्ण गतिविधिहरु ठप्प भएको छ । यी पक्षहरुभन्दा अलग, सबैभन्दा मुख्य कुरा त के छ भने, यो भाइरसको कहर कहिले थामिएला भन्ने नै हो, जसको उत्तर अझैसम्म वैज्ञानिकहरुले दिन सकिरहेका छैनन् ।

यो भाइरसको संक्रमणका विरुद्ध केही आशालाग्दा खोपहरु तयार भएका छन्, भलै ती सबै खोपहरु आपतकालीन आधारमा तयार भएका छन्, तिनका दीर्घकालीन प्रभाव र असरहरुबारे थाहा पाउन अझै बाँकी नै छ । यी खोपहरुको प्रयोगबाट महामारीको तीब्र फैलावटमा पूरै ब्रेक लाग्ला, नलाग्ला, त्यो भविष्यले नै बताउने छ । यो चाहिँ निश्चित हो, खोपहरुको व्यापक प्रयोग हुँदै जाँदा त्यसको संक्रमण दरमा अवश्य पनि कमी आउने नै छ । तर सबैभन्दा महत्वपूर्ण र वैज्ञानिकहरुले ठोकुवा गरेर अझै भन्न नसकेको विषय भनेको नै यो भाइरसको कहर कहिले थामिएला ? यसमाथि विज्ञानजगत्ले कहिले विजय प्राप्त गर्ला भन्ने नै हो ।

यो भाइरसको घातकता वा ज्यानै लिने दर कम छ, नयाँ भाइरस भइकन पनि यसबाट संक्रमित हुनेहरु ठूलो संख्यामा निको पनि भएका छन् । तर खतरनाक र डरलाग्दो कुरा नै के हो भने यो भाइरसको संक्रमण दर अति उच्च छ । त्यसमाथि थप, यो भाइरस, यसका प्रकृति र यसले गर्ने दीर्घकालीन स्वास्थ्य असरहरुका बारेमा अझै पनि वैज्ञानिक जगत् ढुक्क भइसकेका छैनन् ।

नववर्षको पूर्व सन्ध्यामा चीनको ऊहानमा फैलिएको रहस्यमय विरामीका बारेमा चीनले विश्व बैंकलाई जानकारी दियो । त्यसबेला कमै मानिसले मात्रै सोचेका थिए कि चीनको ऊहानस्थित मासु बजारमा देखापरेर केही व्यक्तिलाई संक्रमित तुल्याएको यो रहस्यमय रोगले चाँडै नै विश्वलाई ग्रसित तुल्याउँछ भनेर । तर भयो नै त्यही चीनको ऊहानबाट शुरु भएको त्यो रहस्यमय विरामीले औपचारिक पहिचान पाएको छ– कोभिड– १९ र त्यसलाई लगाउने भाइरसको नाम चाहिँ सार्स–कोभ– २ । आउनुहोस्, विगत १ वर्षमा यो भाइरसले के कस्ता वितण्डाहरु मच्चाएर त्यसलाई रोकथाम एवं नियन्त्रण गर्न के कस्ता कामहरु भइरहेका छन् भन्नेबारे संक्षिप्तमा जानकारी लिऔं ।

डिसेम्बर ३१, २०१९: चीनले आफ्नो हुवेई प्रान्तको राजधानी ऊहान स्थित मासु बजारमा देखापरेको निमोनिया जस्तो लक्षण भएको रहस्यमय रोगबारे औपचारिक रुपमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गरायो ।

जनवरी ९, २०२०: चीनमा देखिएको त्यो निमोनिया जस्तो रोगको कारण नयाँ खालको कोरोनाभाइरस भएको विश्व स्वास्थ्य संगठनले घोषणा गर्यो ।

जनवरी १०: वैज्ञानिकहरुले उक्त भाइरसको पूर्ण जनेटिक ब्लुप्रिन्ट सार्वजनिक गर्यो ।

जनवरी १३ः चीनभन्दा बाहिर सो रोगको संक्रमण पहिलो पटक थाइल्याण्डमा देखापर्यो । त्यसको १ हप्ताभित्रमै क्रमशः सो रोग जापान र दक्षिण कोरियामा पनि देखापर्यो ।

जनवरी २१: अमेरिकाको वाशिंगटनमा पनि पहिलो पटक कोरोनाभाइरस संक्रमित देखापर्यो । वैज्ञानिकहरुले उक्त भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने घोषणा गरे ।

विगत ३–४ दिनदेखि रुघाखोकी र उच्च ज्वरोले सताएपछि ती ३५ वर्षे व्यक्तिलाई स्नोहोमिस काउन्टीको आपतकालीन स्याहार केन्द्रमा ल्याइएको थियो । उनी जनवरी १५ मा चीनको ऊहानबाट फर्केका थिए । 

जनवरी २३ः भाइरसको संक्रमण फैलिन नदिनको लागि ऊहानमा लकडाउन गरियो ।

जनवरी २४ः युरोपमा कोरोनाभाइरस संक्रमणको पहिलो केस फ्रान्समा देखापर्यो ।

जनवरी २५ः अस्ट्रेलियामा पनि कोरोनाभाइरसको पहिलो केस देखापर्यो ।

जनवरी ३०ः  लक्षण नदेखिए कोरोनाभाइरसका संक्रमितबाट पनि अन्यलाई सर्न सक्ने वैज्ञानिकहरुले जानकारी दिए ।

फेब्रुअरी ३ः जापानमा डायमण्ड प्रिन्सेस नाम गरेको क्रुज जहाजलाई कोरोनाभाइरस संक्रमित बोकको आशंकामा क्वारेन्टाइन गरियो । त्यसमा सवार ३७११ जनामध्ये ७१२ मा कोरोनाभाइरस संक्रमण रहेको पुष्टि भयो । मध्य मार्चसम्ममा अमेरिकामा देखापरेका ज्ञात केसहरुमध्येमा क्रुज जहाजमा यात्रा गर्नेहरु १७ प्रतिशत थिए ।

फेब्रुअरी ५: अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्ससले कोभिड–१९ परीक्षण कीट जारी गर्यो । तर उक्त कीट दोषपूर्ण रहेको र त्यसले व्यापक रुपमा भाइरस संक्रमितको पहिचान गर्ने कामलाई ढिलो तुल्याइएदिएको आरोप पनि लाग्यो ।

फेब्रुअरी ११: अहिलेसम्म यो रहस्यमय रोग लगाउने भाइरसको नाम नोबेल कोरोनाभाइरस भनिँदै आएकोमा भाइरसविदहरुले यसको नामाकारण सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोनाभाइरस २ (severe acute respiratory syndrome coronavirus 2) राखे । त्यसैलाई छोटकरीमा सार्स–कोभ–२ (SARS-CoV-2) पनि भनियो । यस नामकरणका पछाडि यो नयाँ भाइरस २००२–२००३ मा हंगकंग र त्यसवरिपरिका क्षेत्रमा सार्स महामारी फैलाउने भाइरससँग मिल्दोजुल्दो थियो । साथै सार्स–कोभ–२ का कारण हुने रोगलाई कोभिड–१९ नामाकरण गरियो ।

फेब्रुअरी १४ः इजिप्टमा पहिलो पटक कोरोनाभाइरस संक्रमित देखापरे । यो अफ्रिका महादेशमै कोरोनासंक्रमणको पहिलो केस थियो ।

फेब्रुअरी १९ः इरानको कोम शहरमा कोरोना संक्रमित देखापरे । चीनको ऊहानबाट फर्केका व्यापारीमा त्यो संक्रमण देखिएको थियो । कोरोनाभाइरसको सम्भवित जोखिमलाई ध्यानमा राख्दै जनवरी ३१ देखि नै इरानले चीनबाट आउने सबै उडानहरुमा रोक लगाइसकेको थियो ।

फेब्रुअरी २६ः ब्राजिलमा पनि कोरोनाभाइरस संक्रमित देखापरे । यो दक्षिण अमेरिकाको पहिलो केस थियो ।

मार्च ९:  इटालीमा राष्ट्रव्यापी लकडाउन शुरु । त्यसको १० दिनमा इटालीमा १९ जनाको मृत्यु र संक्रमितको संख्या ३४०० नाघ्यो । मृतकको संख्यामा इटालीले कोरोनाभाइरसको उद्गम देश चीनलाई उछिन्यो ।

मार्च १०ः सांगीतिक अभ्यासका लागि वाशिंगटन राज्यमा भेला भएका एक समूहका ८० प्रतिशतमा कोरोना संक्रमण देखापर्यो । त्यस आधारमा कोरोनाभाइरस हावाको माध्यमबाट पनि सर्न सक्छ भन्ने आशंका गरियो ।

मार्च ११ः विश्व स्वास्थ्य संगठनले कोरोनासंक्रमणलाई वैश्विक महामारी घोषणा गर्यो । यतिन्जेल कोरोनाभाइरसको संक्रमण ११४ देशहरुमा फैलिइसकेको थियो भने ४००० जनाको ज्यान लिँदै १ लाख २० हजार जनालाई संक्रमित तुल्याइसकेको थियो ।

मार्च १६ः यसबीच कोरोनाभाइरसविरुद्ध खोप निर्माणको तयारीमा विश्व जुटिसकेको थियो । आजैको दिन अमेरिका र चीनमा खोपको सुरक्षा परिक्षण शुरु भयो ।

मार्च १७ः यतिन्जेल कोरोनाभाइरस प्राकृतिक नभई ल्याबमा निर्माण गरिएको हो भन्ने ‘षड्यन्त्रको सिद्धान्त’ –कन्स्पिरेसी थ्योरी) व्यापक भइसकेको थियो । यो स्थितिबीच एउटा अध्ययनले भाइरस ल्याबमा बनाइएको नभई प्राकृतिक रहेको उल्लेख गर्यो । त्यसमा पनि भाइरसको मुख्य स्रोत चमेरो हुन सक्ने जनाइयो ।

मार्च १९ः कोरोनाभाइरसको संक्रमण व्यापक हुँदै जाँदा अमेरिकाको क्यालिफोर्नियामा राज्यव्यापी घरमै बस्नुपर्ने आदेश जारी गरियो ।

मार्च २७: अमेरिकाव्यापी कोरोनाभाइरस संक्रमितको संख्याले १ लाख नाघ्यो । विश्वका सबैभन्दा बढी संक्रमित रहेको देशमा अमेरिका दरियो । चीनको ऊहानबाट शुरु भएको कोरोनाको नयाँ केन्द्रबिन्दू अमेरिका बनेर आयो ।

मार्च २८: अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले मलेरियाको उपचारमा प्रयोग हुने औषधी हाइड्रोक्लोरोक्विनलाई अस्तालमा भर्ना भएका कोरोनाका विरामीमा आपतकालीन प्रयोग गर्न अनुमति दियो ।

अप्रिल २ः संसाभरि कोरोना संक्रमितको संख्या १० लाख पुग्यो । यतिन्जेल ५३ हजार बढी मानिसको मृत्यु कोरोनाकै कारण भइसकेको थियो ।

अप्रिल ३ः कोरोनाभाइरस हावाको माध्यमबाट सर्न सक्ने अध्ययनले देखायो । साथै, कोरोना संक्रमित तर लक्षण देखानपरेको व्यक्तिबाट पनि संक्रमण सर्ने जनाउँदै अमेरिकाको सेन्टर्स फर डिजिट कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले सार्वजनिक स्थानहरुमा मुख ढाक्न (मास्क लगाउन) सिफारिश गर्यो ।

अप्रिल ११ः अमेरिकामा कोरोनाको कारण मर्नेहरुको सख्ंया २० हजार पुग्यो । यसअघि सबैभन्दा बढी मर्नेहरुको संख्या इटालीमा थियो ।

अप्रिल २८ः अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख पुग्यो ।

मे १ः अमेरिकाको एफडीएले आपतकालीन रुपमा कोरोनाको उपचारमा रेम्डेसिभिरको प्रयाग गर्न अनुमति दियो । कोरोना संक्रमितहरुलाई यो औषधीले फाइदा गरेको र उनीहरुको अस्पताल बसाइ छोटिएको अध्ययन नतिजाको आधारमा त्यो अनुमति प्रदान गरिएको थियो ।

मे १४ः कोरोना संक्रमणले बच्चाहरुमा ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ देखापरेको बारे अमेरिकाको सीडीसीले एक चेतावनी जारी गर्यो ।

जुन १५ः कोरोना संक्रमितको उपचारमा हाइड्रोक्लोरोक्विन खासै प्रभावकारी नभएको विभिन्न अध्ययनहरुले देखायो । फलतः अमेरिकाको एफडीएले उक्त औषधीको आपतकालीन प्रयोग गर्न दिएको अनुमतिलाई खारेज गर्यो ।

जुन १६ः डेक्सामेथासोन नाम गरेको स्टेरोइड औषधीले अक्सिजन वा श्वासप्रश्वाससम्बन्धी उपकरणको जररुत पर्ने विरामीहरुमा कोभिड–१९ को कारण हुने मत्ृयुदर घटाउने देखियो ।

जुन २५ः चीनले आफूले निर्माण गरेको कोरोनाविरुद्धको खोप सेनामा प्रयोग गर्न स्वीकृति दियो । चीनले सो खोपबारेको सुरक्षा र प्रभावकारिताको परीक्षण सफल भएपछि त्यो कदम चालेको जनाएको थियो ।

जुन २८ः संसारभरि संक्रमितको संख्या १ करोड पुग्यो । यतिन्जेल यसैको कारण मृत्यु हुनेहरुको संख्या ५ लाख पुग्यो ।

जुलाइ १०ः रेम्डेसिभिर औषधीका निर्माता कम्पनी गिलेड साइन्सेसले उक्त औषधीले कोभिड–१९ का कारण हुने मृत्यु घटाउने दावी गर्यो ।

जुलाइ २७ः कोरोनाका विरुद्ध खोप निर्माणमा जुटेका औषधी कम्पनीहरु फाइजर र मोर्डनाले आफ्नो खोपका पछिल्लो चरणको क्लिनिकल परीक्षण गर्नको लागि दशौं हजार स्वयंसेवकहरुलाई छनौट गर्यो ।

अगस्त ११ः रुसी राष्ट्रपतिद्वारा रुसले निर्माण गरेको कोरोनाविरुद्धको खोप स्पुत्निक पाँचौ सर्वसाधारणका लागि उपलब्ध हुने घोषणा । यद्यपि उक्त खोपको सम्पूर्ण चरणको परीक्षणहरु सम्पन्न भइसकेको थिएन ।

अगस्त २७ः अमेरिकाको नर्थ क्यालोलिना विश्वविद्यालयद्वारा क्याम्पसहरुमा संक्रमण बढेको जनाउँदै अनलाइन कक्षा शुरु ।

अगस्त २३ः अमेरिकाको एफडीएद्वारा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचारलाई अनुमति प्रदान यतिन्जेलसम्म कोरोना संक्रमणबाट निको भएकाबाट लिइएको रगतबाट निकालिएको प्लाज्माले फाइदा गर्छ भन्ने विश्वस्त आधारहरु स्थापित भइसकेको भने थिएन ।

अगस्त २५ः कोरोना संक्रमणबाट निको भइसकेको व्यक्तिमा पुनः संक्रमण देखापरेको रिपोर्ट आयो । यसले कोरोनाविरुद्ध मानिसमा पैदा भएको प्रतिरोधी क्षमता कतिन्जेल टिक्न सक्ला भन्ने चिन्ता–चासो पैदा गराइदियो ।

सेप्टेम्बर २८ः कोभिड–१९ का कारण संसारभरि १० लाखभन्दा बढी मानिसहरुको मृत्यु । तीमध्ये ४० प्रतिशत मृत्यु त तीनवटा मुलुक अमेरिका, ब्राजिल र भारतमा मात्रै भएको थियो ।

अक्टोबर २ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आफू कोरोना संक्रमित बनेको ट्वीटमार्फत् जानकारी । उनलाई अस्पताल भर्ना गरेर रेम्डेसिभिर, डेक्सामेथासोन र एउटा प्रयोगात्मक चरणमा रहेको एन्टिबायोटिकको प्रयोग गरेर उपचार शुरु ।

अक्टोबर २२: कोभिड–१९ को उपचारमा प्रयोग गर्नका लागि एफडीएको पूर्ण स्वीकृति पाउने पहिलो औषधी रेम्डेसिभिर बन्यो । त्यसको एक हप्ताअघि मात्रै विश्व स्वास्थ्य संगठनले चाहिँ एक अध्ययनको आधारमा रेम्डेसिभिरले कोभिड–१९ का कारण हुने मृत्यु नघटाउने दावी गरेको थियो ।

अक्टोबर २३ः अमेरिकामा मृत्यु हुनेहरुमध्ये अधिकांश काला र हिस्पानिक जातिको रहेको अध्ययन रिपोर्टहरु प्रकाशित भए । मेदेखि अगस्त महिनासम्ममा कोभिड–१९ का कारण अमेरिकामा मृत्यु हुनेहरुमा  हिस्पानिक वा ल्याटिनो मानिसहरु २४.२ प्रतिशत थिए भने काला जातिहरु १८.७ ।

नोभेम्बर ९ः तेस्रो चरणको परीक्षण्बाट प्राप्त प्रारम्भिक तथ्यहरुका आधारमा फाइजर कम्पनीले आफ्नो खोप ९० प्रतिशत प्रभावकारी भएको दावी गर्यो । त्यसपछिका नतिजाहरुले सो खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको देखायो । तर यो खोप –७० डिग्रीभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्ने कुरा पनि प्रकाशमा आयो ।

उता एफडीएले एली लिली कम्पनीले तयार गरेको मोनोक्लोनल एन्टीबडी थेरापीलाई कोरोनाको उपचारमा प्रयोग गर्न अनुमति प्रदान गर्यो । यो एन्टिबायोटिकले नयाँ संक्रमितहरुमा भाइरस फैलिन नदिई त्यसको संख्या कम गराउने तथा उनीहरुलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्थाबाट बचाउने देखिएको थियो ।

नोभेम्बर १६: खोपको दौडमा रहेको मोर्डनाले पनि आफ्नोखोप ९५ प्रतिशत प्रभावकारी रहेको दावी गर्यो ।

नोभेम्बर २०ः फाइजरले आफ्नो खोपलाई अनुमति प्रदान गर्नको लागि एफडीएमा निवेदन दियो । त्यसको १० दिनपछि मोर्डनाले पनि त्यस्तो निवेदन हाल्यो ।

नोभेम्बर २३ः बेलायती खोप एस्ट्राजेनेका पनि ६२ देखि ९० प्रतिशत प्रभावकारी रहेको रिपोर्ट प्रकाशमा आए ।

डिसेम्बर २ः बेलायतले फाइजर खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गर्यो । यतिन्जेल संसारभरिमा ६ करोड ४० लाख बढी संक्रमित तथा १४ लाख मानिसको निधन भइसकेको छ ।

यी त भए मुख्य घटनाक्रमहरु । त्यसबाहेक, युरोपमा कोरोनाभाइरसका नयाँ लहरहरु देखापरेका छन् । युरोपका कतिपय मुलुकहरु लकडाउनमा फेरि फर्कन थालेका छन् भने कोरोनाभाइरस रोकथामका लागि पुनः कडाइहरु तथा कर्फ्यूहरु लागू गर्न थालिएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले क्रिसमसको बेलामा कडा लकडाउनमा जानुपर्ने बताइसकेको छ । नयाँ वर्ष र क्रिसमसलाई ध्यानमा राख्दै युरोपका थुप्रै देशहरुमा आवातजावात तथा हिँडडुलमा कडा प्रतिबन्धहरु लागू गर्न थालिएको छ ।

अहिले कोरोनाभाइरस संक्रमण देखापरेको एकवर्षभित्रमै जसरी खोप बनेको छ र प्रारम्भिक नतिजाहरु प्रभावकारी देखिएको छ, एक हिसाबले त्यो स्वास्थ्य विज्ञानमा ठूलो क्रान्ति नै  हो । तर पनि मुख्य सवाल भनेको खोप बन्नु मात्रै हैन, त्यो खोप आम रुपमा कतिको प्रभावकारी हुन्छ र त्यसले रोगविरुद्धको लडाइमा आममानिसहरुमा कस्तो किसिमले प्रतिरोधी क्षमताको विकास गराउँछ, त्यो कति दीगो हुन्छ भन्ने पनि हो ।

रुसमा आम जनतामा खोपको प्रयोग थालिइसकेको छ । चीनमा निर्मित खोपलाई युएईले सार्वजनिक रुपमा प्रयोग गर्न शुरु गरेको छ । क्यानडा फाइटर कम्पनीको खोपलाई सार्वजनिक प्रयोगको लागि अनुमति प्रदान गर्ने तेस्रो देश बनेको छ । भारतले पनि आगामी केही हप्तामा खोपको सार्वजनिक प्रयोग गर्ने भएको छ ।

अमेरिकामा कोरोनाको कहर थामिएको छैन । अस्पताल भर्ना हुनेहरुको संख्या अचाक्ली बढेर गएको छ । अस्पतालका बेडहरु भरिन थालेका छन् ।

मुख्य कुरा, कोरोनाविरुद्ध भटाभट खोपहरु बन्न खालेका छन् । यो अत्यन्तै सुखद पक्ष रहेको छ । विशेषतः विगतमा कुनै पनि खोपहरु बन्न र प्रभावकारी साबित हुनका लागि वर्षौं लाग्ने गरेको थियो । तर अहिले कोरोनाभाइरस संक्रमण देखापरेको एकवर्षभित्रमै जसरी खोप बनेको छ र प्रारम्भिक नतिजाहरु प्रभावकारी देखिएको छ, एक हिसाबले त्यो स्वास्थ्य विज्ञानमा ठूलो क्रान्ति नै  हो । तर पनि मुख्य सवाल भनेको खोप बन्नु मात्रै हैन, त्यो खोप आम रुपमा कतिको प्रभावकारी हुन्छ र त्यसले रोगविरुद्धको लडाइमा आममानिसहरुमा कस्तो किसिमले प्रतिरोधी क्षमताको विकास गराउँछ, त्यो कति दीगो हुन्छ भन्ने पनि हो । फेरि जाडो मौसम आउँदैछ । यो स्थितिमा यस अहिलेसम्म सम्पूर्ण रुपमा बुझ्न नसकिएको, अत्यन्तै ‘छलिया’ प्रकृतिको, संसारभरि नै आम मानिसले गम्भीर रुपमा लिन नचाहेर जनस्वास्थ्यको नियमको पालनामा घोर लापरवाही गरिरहेको स्थितिमा सार्स–कोभ–२ ले आगामी दिनमा कस्तो खालको वितण्डा मच्चाउने हो ? त्यो थाहा पाउनका लागि पनि कुर्नुको कुनै विकल्प छैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.