बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुल्लीदेखि बस कन्डक्टरको काम गरेका रजनीकान्त कसरी बने सुपरस्टार ?

शनिबार, २७ मङ्सिर २०७७, १२ : २३
शनिबार, २७ मङ्सिर २०७७

एजेन्सी – बलिउड र टलिउडका सुपरस्टार रजनीकान्त ७० औँ जन्मदिन मनाइरहेका छन् । सन् १९५० को डिसेम्बर १२ तारिखका दिन बेंगलुरुको मराठी परिवारमा जन्मिएका थिए । गरिब परिवारमा जन्मिएका रजनीकान्तले जीवनमा कडा मेहेनत र संघर्ष गरेका छन् । टलिउडमा मात्र होइन बलिउडमा पनि रजनीकान्तले चर्चा कमाएका छन् । साउथ भारतमा रजनीकान्तलाई भगवान र थलाइवा भनेर पूजा गरिन्छ । फिल्ममा दमदार अभिनय गर्ने रजनीकान्त वास्तविक जीवनमा पनि निकै प्रभावशाली व्यक्तित्व हुन् । 

रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड हो । उनको पिताको नाम रामोजी राव गायकवाड हो । उनका चारजना भाइबहिनी थिए । रजनीकान्तको घरको अवस्था कमजोर थियो । उनको घरको अवस्थाका कारण रजनीकान्तले कुली र बस कन्डक्टरको समेत काम गरेका थिए । उनले बेंगलुरु परिवहन सेवामा कन्डक्टरको काम गरेका थिए । 

रजनीकान्त सानै उमेरदेखि फिल्ममा काम गर्न चाहान्थे । उनले कन्डक्टरको काम गर्दागर्दै कन्नड रंगमञ्चमा पनि काम गर्न सुरु गरे । त्यसपछि उनले फिल्ममा काम गर्ने सपना पूरा गर्नका लागि मद्रास फिल्म इन्स्टिच्युटमा सन् १९७३ मा भर्ना भए । जहाँ उनले डिप्लोमा उर्तिण गरे । उनले २५ वर्षको उमेरमा फिल्म करियर सुरु गरे । उनले तमिल फिल्म ‘अपूर्वा रागनगाल’ मा काम गरे । त्यसपछि थुप्रै सुपरहिट फिल्म गरे । बलिउडमा समेत उनका फिल्महरुले निकै चर्चा पाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप