शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

पाँच नगर प्रहरीका लागि १५६ जनाको आवेदन

शनिबार, २७ मङ्सिर २०७७, १६ : ४८
शनिबार, २७ मङ्सिर २०७७

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आह्वान गरेको पाँच जना नगर प्रहरीका लागि १ सय ५६ जनाको आवेदन परेको छ । नगरपालिकाले नगर प्रहरीका लागि एक हवल्दार र चार जना जवानहरुको माग गरेकोमा १ सय ५६ जनाको आवेदन परेको हो ।

 संघीय सरकारले स्थानीय तहलाई छुट्टै प्रहरी राख्न पाउने अधिकार प्रदान गरेपछि नगरपालिपकाले सुरक्षाका लागि पाँच जना प्रहरी राख्ने निर्णय गरेको थियो । 
सोही अनुसार केही महिनाअघि मात्रै दरखास्त आवह्वान गरिएको हो । अहिले उनीहरुको शारिरीक अभ्यासबाट छनोटको प्रकृया सुरु भएको नगरपालिकाका सुचना अधिकारी नईन्द्रराज राईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप