शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारदेखि सुरु हुँदै

आइतबार, २८ मङ्सिर २०७७, ०६ : २३
आइतबार, २८ मङ्सिर २०७७

अमेरिकी जनताले सोमबारदेखि फाइजर÷एनबायोएनटेक कोरोना भ्याक्सिन पाउने भएका छन् । 

अधिकारीका अनुसार भ्याक्सिनको पहिलो तीस लाख डोज चाँडै नै सबै राज्यमा पुर्याइनेछ । 

फाइजर ÷बायोएनटेक भ्याक्सिन, कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशतसम्म प्रभावकारी छ र फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई सुरक्षित बताएको छ । 

एफडीएका अनुसार कोरोना संकटबीच यसले प्रयोगका लागि अनुमति पाउनु निकै महत्वपूर्ण हो । 

एफडीएमाथि ठूलो दबाब थियो जसका कारण शुक्रबार फाइजर ÷ बायोएनटेक कोरोना भ्याक्सिनको प्रयोगका लागि आपतकालीन मञ्जुरी दिनु पर्यो । 

अधिकारीले कोरोनाभाइरसलाई मात दिने यो भ्याक्सिनलाई सुरक्षित तरिकाले सबै राज्यमा पुर्याइने आशा व्यक्त गरेका छन् । – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप