शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण अफ्रिकामा कोरोनाका ७,८८२ नयाँ संक्रमित

आइतबार, २८ मङ्सिर २०७७, १७ : २९
आइतबार, २८ मङ्सिर २०७७

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा विगत २४ घण्टामा नयाँ ७ हजार ८८२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।  योसहित दक्षिण अफ्रिकामा कूल संक्रमितको संख्या ८ लाख ५३ हजार पुगेको छ । कूल संक्रमितमध्ये २३ हजार १०६ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

दक्षिण अफ्रिकामा हालसम्म ७ लाख ६० हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्री ज्वेली एमखिजेले देशमा दोस्रो चरणको कोरोना संक्रमण जारी रहेको बताए । उनले भने, “अहिले देशभर कोरोनाको दोस्रो लहर छ । धेरैवटा राज्यका स्वास्थ्य संस्थाहरुले दबाबको महसुस गरिरहेका छन् ।” –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप