बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

इरानको समर्थनमा बोल्यो रुस

आइतबार, २८ मङ्सिर २०७७, २३ : ०४
आइतबार, २८ मङ्सिर २०७७

एजेन्सी । रुसले इरानका परमाणु वैज्ञानिकको हत्या विश्वमा अशान्ति फैलाउनका लागि गरिएको जनाएको छ । रुसी विदेशमन्त्री सर्गेई लेभरोभले इरानको एक सरकारी सञ्चारमाध्यामलाई अन्तरवार्ता दिनेक्रममा सो दाबी गरेका हुन् । उनले भने,‘ रुसले उनको हत्या यस क्षेत्रमा अशान्ति पैदा गर्ने उद्देश्यले गरेको भन्ने कुरामा सहमति जनाएको छ ।’

केही हप्ताअघि इरानी परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको थियो । विदेशमन्त्री लाभ्रोभले इरान र रसिया विश्वका दुई महत्वपूर्ण देशहरुको रुपमा रहेको दाबी गर्दै यी मुलुकले दुनियामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दाबी गरे ।

इरानको सरकारी टिभी नेटवर्क वन(आइआरटिभी १)सँगको अन्तरवार्तामा उनले भनेका छन्ः ‘ हामी वैज्ञानिक मोहसिन फाखरीजादेशको हत्याको निन्दा गर्छौं । हामी यसलाई उत्तेजक आतंककारी कार्य र यो क्षेत्रमा अशान्ति सिर्जन ागर्ने प्रयासको रुपमा देख्छौं । यो पनि विदेशी सरकारको हस्तक्षेपको मुद्दा हो ।’

उनले जनवरी ३ मा लेफ्टिनेन्ट जनरले कासिम सुलेमानीको हत्यातर्फ संकेत गर्दै भने–‘ यो कुनै पनि देशका लागि स्वीकार्य छैन ।’ कुद्स फोर्सका प्रमुख जनरल सुलेमानी इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका थिए । विदेशमन्त्री लाभ्रोभले रुसी भाषामा बोलेका शब्द उक्त टेलिभिजनले फारसी भाषामा अनुवाद गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप