शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रगतिशील नेपाली समाज युएईको अध्यक्षमा दास

आइतबार, २८ मङ्सिर २०७७, २३ : ३६
आइतबार, २८ मङ्सिर २०७७

यूएई । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल अन्तर्गतको प्रवास संगठन प्रगतिशील नेपाली समाज युएईको अध्यक्षमा जीवन दास नियुक्त भएका छन्। जुम भर्चुवल बैठकबाट जीवन दासको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यामिति गठन भएको हो। जसमा उपाध्यक्षहरु क्रमशः कृष्ण विश्वकर्मा, समर चेम्जोङ आभाष र सुमी गहतराज रहेका छन्।

महासचिव दुजमान सुनार, सचिवमा क्रमशः चन्द्र सम्बाहाम्फे लिम्बु र भीम सुनार, सहसचिव झग बहादुर जिसी र कोषाध्यक्षमा पुजन हिङ्गमाङ्ग नियुक्त भएका हुन्।यसैगरी सदस्यहरुमा रामकुमार गदाल,अर्पण थिङ्ग (नरेश), विवेक खाती, लोकबहादुर खाती, विजय तामाङ, जय विश्वकर्मा, कृस सुनार, सबिता दर्नाल, बाबुराम विक, मेनुका शाह, फणिन्द्र विक, रामकुमार तिरुवा, पूर्ण परियार,मिलनजी विक, रेश्मा भुजेल, पबित्रा महतो, रोजिला परियार, रमेश दाहाल, काशीनाथ गौतम र कुमार नेपाली रहेका छन्।

जुम बैठकमा युएईमा रहेका क्रियाशील नेपाली समुदाय, राजनैतिक दलका भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सहभागी हुनेहरुमा अन्तर्राष्ट्रिय नेपाली समाज युएईका अध्यक्ष बाबुराम लोप्चन, नेपाल पत्रकार महासंघ युएईका उपाध्यक्ष मेघराज सापकोटा गैरआवासीय नेपाली संघ एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला साहित्यकार निमेश गिरी लगायतको उपस्थिति रहेको थियो। सहभागीहरुले अहिलेको वैज्ञाानिक समाजवादी कम्युनिष्टको उदेश्य र विचारको बारेमा छलफल गरेका थिए। 

कार्यक्रमका प्रमुख अथिति वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टिका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ र केन्द्रीय सदस्य जागृत रायमाझी र विदेश बिभाग प्रमुख राजेश नेपाली थिए भने जात व्यवस्था उन्मूलन मोर्चा नेपालका संयोजक राजकुमार हिङमाङको समेत सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप