बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उडान भर्नु ठिक अघि विमानको पखेटामा बसे युवक, पक्राउ

सोमबार, २९ मङ्सिर २०७७, ०९ : २०
सोमबार, २९ मङ्सिर २०७७

लास भेगसको विमानस्थलमा अलास्का एयरलाइन्सको विमानको पखेटामा बस्ने एक पुरुषलाई शनिबार पक्राउ गरिएको छ । विमानस्थलका प्रवक्ताले यसबारे जानकारी दिएका छन् ।

लास भेगसदेखि पोर्टल्याण्डको यात्रामा निस्किएको  १३६७ फ्लाइट म्याकक्यारन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने तयारी गरिरहेको थियो । त्यति नै बेला विमान चालकले एक व्यक्तिलाई विमानमा चढिरहेको देखे र कन्ट्रोल टावरलाई यसबारे जानकारी दिए, अलास्का एयरलाइन्सले एक वक्तव्यमा भनेको छ ।

लास भेगस महानगरीय प्रहरी विभाग र विमानस्थलका अधिकारीले ती व्यक्तिलाई हिरासतमा लिएको  विमानस्थलका प्रवक्ता जो राचेलले सीएनएनलाई भने । 

सोसल मिडियामा प्रकाशित भिडियोका अनुसार ती व्यक्ति विमानको पखेटामा हिँडिरहेको र बसिरहेको देख्न सकिन्छ । त्यसपछि बोइङ ७३७ को विङ्गलेट (विमानको पुछारमा माथितिर चुच्चो परेको उठेको भाग) चढ्नका लागि उनले आफ्नो जुत्ता र मोजा फुकालेको देख्न सकिन्छ । 

प्रहरी अधिकारी  पुगेपछि ती व्यक्ति विङ्लेटबाट चिप्लिँदै तल झर्ने कोसिस गरेँ र भुइँमा पछारिए । 

अधिकारीले उनलाई हिरासतमा लिएर उनको स्वास्थ्योपचारका लागि लगेको राचेलले जानकारी दिए । 

उक्त घटना पछि विमानको पूरा परीक्षण गरियो र सबैकुरा सही पाइएपछि विमानलाई उडान भर्ने अनुमति दिइयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप