बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आइसोलेशनमा बसिरहेका नायक वरुण धवनले सेयर गरे आफ्नो यस्तो तस्बिर

मङ्गलबार, ३० मङ्सिर २०७७, ०९ : २२
मङ्गलबार, ३० मङ्सिर २०७७

बलिउड अभिनेता वरुण धवन कोरोनाद्वारा संक्रमित भएपछि आफ्नो घरमा आइसोलेशनमा छन् । आइसोलेशनमा बसिरहेका उनले सोमबार आफ्नो प्रशंसकलाई उनको बुढ्यौली तस्बिर देखाएका छन् । 

वरुणले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा तीनवटा तस्बिर साझा गरेका छन्, जसमा उनले आफ्नो युवावस्था, हालको अवस्था र भविष्यमा कस्तो देखिनेछन् भनेर देखाएका छन् । 

तीनवटा फोटोको यो कोलाजलाई वरुण धवनले सेयर गरेर क्याप्सनमा लेखेका छन्, ‘जीवन आइसोलेशनमा छ । मलाई ढल्केको उमेरमा हेर्न चाहनुहुन्छ भने दायाँपट्टी स्वाइप गर्नुहोस् । ’


अभिनेताले हालै आफूमा कोरोनाको संक्रमण देखिएकोले आइसोलेशनमा रहेको जानकारी दिएका थिए । उनी फिल्म ‘जुग जुग जियो’ को सुटिङका बेला चन्डीगढमा कोरोना संक्रमित भएका थिए । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by VarunDhawan (@varundvn)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप