बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अक्षयकुमारसँग साराको ‘अतरंगी रे’

मङ्गलबार, ३० मङ्सिर २०७७, १७ : १०
मङ्गलबार, ३० मङ्सिर २०७७

मुम्बई । अभिनेत्री सारा अली खानले आनन्द एल रायको फिल्म ‘अतरंगी रे’ को सुटिङ फेरि सुरु गरेकी छन् । साराले गत वर्ष साइन गरेको यो फिल्मको सुटिङ कोरोना महामारीका कारण रोकिएको थियो । हालै एक अन्तर्वार्तामा उनले छायाँकन अनुभव शेयर गर्दै यो समय फिल्मको छायाँकन मुस्किल विषय भएको समेत बताएकी छन् । उनले लामो समयपछि सुटिङ सेटमा फर्किदा राहत महसुस भएको समेत सुनाएकी छन् ।

‘सामाजिक दुरी कायम राख्नु, माक्स लगाउनु र सुरक्षाको मापदण्ड पालना गर्नुले काम गर्ने तरिकालाई नै फेरिदिएको छ । तर कामको विषयमा आफ्नो मिहिनेत उहि छ’ साराले भनिन् । सारा यस फिल्ममार्फत पहिलोपटक अक्षयकुमार र धनुषसँगै पर्दामा देखिँदैछिन् । फिल्मको पहिलो चरणको सुटिङ वाराणसीबाट सुरु गरिएको हो । 

गत मार्चमा कोरोनाको कारण लगाइएको लकडाउनले सुटिङ रोकिएको थियो । त्यसपछि निर्माण युनिटले अक्टुवरमा चेन्नईमा फिल्मको सुटिङ गरेको थियो ।
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप