शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२०२० मा कुरा बन्न सकेन, के २०२१ मा यी स्टार किड्सले बलिउडमा डेब्यू गरेर प्रशंसकलाई चकित बनाउलान् ?

बुधबार, ०१ पुस २०७७, १० : २२
बुधबार, ०१ पुस २०७७

सन् २०२० मा मानिसहरुले जुन सपना सजाएका थिए, त्यसलाई केही मानिसहरुले पूरा गर्ने कोसिस गरे भने कतिले आफ्ना योजनालाई सन् २०२१ का लागि सारिदिएका छन् । सन् २०२० मा बलिउडका थुप्रै स्टार किड्सले डेब्यू गर्ने अनुमान गरिएको थियो । सोसल मिडियामा थुप्रैले यसबारे चर्चा परिचर्चा पनि गर्ने गर्छन् । र आफूलाई मनपर्ने स्टार किड्सले कहिले डेब्यू गर्लान् भनेर प्रतिक्षा पनि गरिरहेका छन् ।  आज हामी तपाईंलाई ती बलिउड किड्सबारे जानकारी दिँदै छौं जसले सन् २०२१ मा डेब्यू गरेर प्रशंसकललाई चकित पारिदिन सक्छन् । 

सुहाना खानः

सुहाना खान धेरै मानिसहरुले रुचाइएकी स्टार किड्स हुन् । सुहाना अहिले हुर्किसकेकी छिन् र अभिनयबारे तालिम पनि लिइरहेकी छिन् । सुहाना थिएटरसँग जोडिएकी छिन् र पछिल्लो केही समयदेखि थिएटरमा पनि सक्रिय छिन् । शाहरुख खानले पनि थुप्रै अन्तर्वार्तामा सुहानाले अभिनय सिकिसकेपछि मात्रै फिल्ममा काम गर्नेबारे सोच्नेछिन् । सुहानाले सन् २०२१ मा डेब्यू गर्ने प्रबल सम्भावना देखिएको भारतीय सञ्चार माध्यमले बताउने गरेका छन् । 

सनाया कपुरः

सञ्जय कपुरकी छोरी सनाया कपुर सुहानाकी निकै मिल्ने साथी हुन् । दुबैलाई धेरै पटक सँगै पनि देखिएको छ । अब यहाँ प्रश्न के उठ्छ भने के सनाया र सुहाना खानले सँगै डेब्यू गर्लान् वा उनीहरु यसका लागि प्रतिक्षा गर्लान् । प्रशंसकहरु हुन त उनीहरुलाई सँगै अभिनय गरेको हेर्न चाहन्छन् । हुन त सुहाना र सनायाको सोच पनि उस्तै छ । सुहाना, सनाया र अनन्या पाण्डे एउटै फिल्ममा सँगै काम गर्न चाहन्छन् । 

आर्यन खानः

शाहरुख खानका छोरा आर्यन खानले आफ्नो फिल्ममा अभिनय गर्ने कुनै पनि इच्छा र उद्देश्य नभएको स्पष्ट पारिसकेका छन् । यद्यपि, उनी फिल्ममा निर्देशन भने गर्ने योजनामा छन् । उनी फिल्मलाई भिन्न दृष्टिकोणले हेर्छन् र आफ्नो काममार्फत् त्यसलाई सबैको सामू उजागर गर्न पनि चाहन्छन् । शाहरुख खान पनि आफ्नो छोरालाई पूर्ण समर्थन गरिरहेका छन् । तर प्रशंसकलाई अहिले पनि आर्यनको डेब्यूको प्रतिक्षा छ । 

इरा खानः

मिस्टर परफेक्सनिष्ट भनिने आमिर खानकी छोरी हुन् । लकडाउनमा उनले आफ्नो मानसिक समस्याबारे सबैलाई जानकारी दिएकी थिइन् । लकडाउनमा उनले आफ्ना पितासँग पनि समय व्यतित गरिन् र फिटनेसमा ध्यान दिइन् । इराका बलिउडमा पहिले नै थुप्रै साथी छन् । यस्तोमा इराले सन् २०२१ लाई बलिउडमा आफ्नो डेब्यू वर्ष छानेको खण्डमा अचम्मित भन्ने मान्नुपर्ने छैन ।

अहान पाण्डेः

चंकी पाण्डेका भाइका छोरा अहान पाण्डे पनि आफ्नो बलिउड डेब्यूको तयारीमा छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने यश राज ब्यानरमा बन्न लागेको फिल्मबाट उनले आफ्नो डेब्यू गर्नेछन् । यो फिल्ममा उनी अजर देवगनको अपोजिटमा देखिनेछन् । फिल्मबारे अहिले नै कुनै आधिकारिक घोषणा भने भएको छैन । तर यस्तो प्रतित भइरहेको छ कि बहिनी अनन्या पाण्डेले झैं अहान पनि आफ्नो बलिउड डेब्यूको तयारीमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप