शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले ल्याएको अध्यादेश संविधानको भावना र मर्म विपरित- जसपा नेपाल

बुधबार, ०१ पुस २०७७, १७ : ४८
बुधबार, ०१ पुस २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारले अध्यादेश ल्याएर संविधानको भावना र मर्ममाथि प्रहार गरेको आरोप लगाएको छ । जसपाले सो अध्यादेश फिर्ता लिइ हिउँदो अधिवेशन बोलाउन माग गरेको छ । जसपा नेपालका अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी संघीय व्यवस्थापिका संसदलाई उपेक्षा गरी विधिको शासन विपरित षड्यन्त्रणपूर्वक स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरुलाई नियन्त्रणमा लिन सरकारले संविधानको भावना र मर्ममाथि प्रहार गरेको आरोप लगाएका छन् ।

सरकारको यस कदमले संसदको सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौति दिनुको साथै संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारी देशलाई राजनीतिक द्धन्दको भूमरीतर्फ धकेल्ने कार्य गरेको आरोप लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप