
शक्तिको लागि भिटामीन सी

हाम्रो शरीरका लागि अत्यावश्यक तत्त्वहरुमध्येका एक भिटामीन सी पनि हो । तर हामीमध्ये अधिकांशले दैनिक रुपमा शरीरलाई चाहिने भिटामीन सीको आवश्यक मात्रा समेत लिँदैनौं ।
भिटामीनहरुमध्ये सर्वोत्तम र अत्यावश्यक मानिने भिटामीन सीका विभिन्न फाइदाहरु हुन्छन् । तीमध्येका एक प्रमुख फाइदा यसले खानेकुरामार्फत हामीले प्राप्त गरेको पोषणलाई शक्तिमा बदल्नका लागि समेत महत्वपूर्ण योगदान दिने गर्छ ।
त्यसैले, हाम्रो शरीरमा शक्तिको मात्रा निरन्तर उच्च राख्नको लागि दैनिक पर्याप्त मात्रामा भिटामीन सी पाइने खानेकुराहरु खाने गर्नुपर्छ । अमला, अम्बा, सुन्तला, कागतीलगायतका अमिलो फलफूलहरु भिटामीन सीको प्रमुख स्रोत हो । तर साथसाथै, भेंडे खुर्सानी (Capsicum), उमारिएको मुंग दाल, बन्दाकोपीमा पनि प्राकृतिक रुपमा नै उच्च मात्रामा भिटामीन सी पाइन्छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ