बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेहा कक्कर गर्भवती

शुक्रबार, ०३ पुस २०७७, १० : ०७
शुक्रबार, ०३ पुस २०७७

बलिउडकी चर्चित गायिका नेहा कक्कर गर्भवती भएको खबर सार्वजनिक भएको छ । करिब दुई महिना अघि अक्टोबर २४ मा विवाह गरेकी नेहाले इन्स्टाग्राममा आफ्नो बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिएकी छिन् । 

नेहाको यो पोस्टमा थुप्रैले बधाई तथा शुभकामना दिएका छन् । 

नेहाका श्रीमान् रोहनप्रितले नेहाको फोटोमा कमेन्ट गर्दै लेखेका छन्, ‘अब त अझै बढी ख्याल राख्नुपर्नेछ नेहु ।’

नेहा र रोहनप्रित आफूहरुको पहिलो नजरमा नै प्रेम बसेको बताउने गर्छन् । हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा नेहाले आफू रोहनप्रितको आकर्षक व्यक्तित्व र सभ्य व्यवहारले आकर्षित भएको बताएकी छिन् । नेहा रोहनप्रितभन्दा सात वर्ष जेठी छिन् तर यी दुईको बीचमा उमेरले केही फरक पारेन । नेहाले रोहप्रितबाट धेरै कुरा सिक्नुपर्ने बताएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप