शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उखुको आँसु

शुक्रबार, ०३ पुस २०७७, १२ : ४२
शुक्रबार, ०३ पुस २०७७

 

 

 –मिलनकान्छा किराती 

म उखु
तराईको फाँट छोडेर 
अग्रवाल खोज्दै
जीवनमै पहिलो पटक 
मेरो खुट्टाले
काठमाडौँ टेकेको छ । 
मेरो आँसुले सहर भिजेको छ
मेरो आँखाले 
रमिता देखेको छ ।

अब के कर्ने हजुर ?
मर्ने ?
बाँचने ?
मालिक साला !
केही एउटा पनि पैसा दिँदैन ।
मलाई  थाहा थिएन,
यो सहरमा  मान्छेलाई जोत्छ
अनि
गोरूलाई भित्तामा रङले पोत्छ !

सरकार !
सरकार त मधेसको शीत लहर रहेछ
अब थाहा भयो हजुर !
यो मान्छे जोत्ने सहर रहेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा