शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धितोपत्र बजार विकास र विस्तारका लागि मर्चेन्ट बैंकरको भूमिका महत्वपूर्ण

शुक्रबार, ०३ पुस २०७७, १६ : २८
शुक्रबार, ०३ पुस २०७७

काठमाडौं । मर्चेन्ट बैंकर एसोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधिमण्डलले बोर्ड अध्यक्ष भिष्मराज ढुंगानासँग पुष ३मा बोर्डको कार्यालय जावलाखेलमा भेट गरेको छ । 

उक्त अवसरमा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले एसोसियशनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटमा एशोसियशनका नवनियुक्त अध्यक्ष मेख बहादुर थापाले धितोपत्र बजार विकास र विस्तारका लागि मर्चेन्ट बैंकरले निभाउनुपर्ने भूमिकाका सन्दर्भमा एसोसियशनले पहलकदमी गर्ने बताउँदै बोर्डको विशेष सहयोगको अपेक्षा गरे ।

त्यस्तै, एसोसियशनका निवर्तमान अध्यक्ष धु्रब तिमिल्सिनाले धितोपत्र बजार सम्बन्धी नीति निर्माण गर्दा एसोसियशनसँग छलफल गरी बोर्डले उचित स्थान दिएको स्मरण गर्दै आगामी दिनमा समेत यसको निरन्तरता रहने विश्वास व्यक्त गरे। 

भेटका क्रममा बोर्ड अध्यक्ष ढुंगानाले मर्चेन्ट बैंकर थप व्यवसायिक हुनुपर्ने तथा प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्नुपर्ने बताए ।  धितोपत्र बजारमा हालसालका दिनमा सकारात्मक परिवर्तन भइरहेको बताउँदै उनले यस बजारलाई सूचना प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, उनले बजार सहभागीहरुले लगानीकर्ताको हितलाई मध्यनजर गर्दै व्यवसाय संचालन गर्नुपर्ने बताए । उक्त भेटमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्ग र बजार विकासका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप