मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मानिस लापरवाह बने : सधैँको एउटै डर– कतै फेरि संक्रमित त भइँदैन ?

कोरोनालाई परास्त गरेका एक दीर्घरोगी स्वास्थ्यकर्मीको अनुभूति
शनिबार, ०४ पुस २०७७, ०४ : ५४
शनिबार, ०४ पुस २०७७

काठमाडौं—कोरोना संक्रमित भएर अस्पतालको शैय्यामा पल्टिरहँदा एक्कासि सुगरको लेवल बढेर ४ सय ५० पुगेपछि मन आप्mनो मन आप्mनै वसमा थिएन । अस्पतालमा भेन्टिलेटर, आइसियू खाली छ कि छैन ? मिगौला प्रत्यारोपण गरेको मान्छे कोरोना संक्रमित हुँदा अब झन गाह्रो भयो, यस्तैयस्तै अनेक शब्दहरुले सदभाव जनाउँदै फोन गर्नेहरुको आवाज कानमा गुञ्जायमान हुँदा उनलाई लाग्यो– अब म त बाँच्दिनँ होला ।

यो अनुभूति हिमालय तिवारीको कोरोना संक्रमित हुँदाको बेलाको हो । उनी स्वयं वीर अस्पतालका स्वास्थ्यकर्मी पनि हुन् ।

मिर्गौला प्रत्यारोपण गरेका तिवारीले रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि सेवन गर्नुपर्ने भएकाले नेपालमा कोरोना संक्रमित फेला पर्न थालेपछि नै उनी निकै सतर्कता अपनाउदै आएका थिए । स्वयं स्वास्थ्यकर्मी भएकाले पनि तिवारीले थप सतर्कता अपनाएर करिब ८ महिनासम्म घर अनि अस्पताल गरिरहेका थिए । कोरोनासँग जोगिएर घर अनि अस्पताल गरेका तिवारीको एकदिन एक्कासि घाँटी खसखस गर्न सुरु भयो । उनी मन तातो पानी पिएर सुते ।

अस्पतालमा घुलमिल नगरिकन सावधानी अपनाएर छुट्टै सामाजिक दूरी कायम गरेर काम गरेका तिवारीलाई हरपल कोरोना संक्रमणबाट जोगिनुपर्छ भन्ने हरक्षण मनमा भइरहने भएकाले सामाजिक दूरी कायम गरेरै काम गर्नुका साथै मास्कको सहि प्रयोग, बेलाबेलामा सावुन पानीले हात धुने अन्य सरसफाइमा ध्यान दिँदादिदै आएका थिए । तर उनले जुन कुरालाई पन्छाउन हरसम्भव कोशिश गर्दै आएका थिए, त्योबाट उनी उम्कन सकेनन् ।

बिहान उठ्दा उनले ज्वरो आएको महसुस गरे । आफू कार्यररत अस्पतालमा कार्यररत धेरै स्वास्थ्यकर्मी संक्रमित भइरहेकाले उनको मनमा चिसो पस्यो । पिसिआर परीक्षण गर्दा उनको शंका सत्य साबित हुन पुग्यो । नेपालमा कोरोना देखिन थालेपछि अस्पताल जाने आउने भएकाले उनी घरमा छुट्टै बस्न थालेका थिए । अस्पतालमा घुलमिल नगरिकन सावधानी अपनाएर छुट्टै सामाजिक दूरी कायम गरेर काम गरेका तिवारीलाई हरपल कोरोना संक्रमणबाट जोगिनुपर्छ भन्ने हरक्षण मनमा भइरहने भएकाले सामाजिक दूरी कायम गरेरै काम गर्नुका साथै मास्कको सहि प्रयोग, बेलाबेलामा सावुन पानीले हात धुने अन्य सरसफाइमा ध्यान दिँदादिदै आएका थिए । तर उनले जुन कुरालाई पन्छाउन हरसम्भव कोशिश गर्दै आएका थिए, त्योबाट उनी उम्कन सकेनन् । उनलाई पनि  कोरोना संक्रमणले गाँजेर छाड्यो । तर, उनलाई आफु कहाँ कोबाट संक्रमित भए भन्ने कुरा पत्ता लगाउन गाह्रो भएको सुनाउछन् । पहिलादेखि नै घरमा सावधानी अपनाएर बेग्लै बस्ने भएकाले उनलाई अस्पतालबाट कोरोना संक्रमण भएको हुन सक्ने अनुमान लगाउँछन् ।

जतिसुकै आत्मविश्वास किन प्रकट नगरुन्, स्वस्थ्य र सामान्य मानिसलाई पनि केही गरी कोरानासंक्रमणले भेट्यो भने पसिना छुट्छ । विशेषतः कोरोना संक्रमणले भेट्याएपछि कसैलाई चाहिँ सामान्य रुघाखोकी जस्तो बाहेक केही असर नहुने तर कसै कसै मै हुँ भन्नेलाई पनि थलापार्ने गरेको कुरा तिवारीलाई राम्ररी थाहा थियो । साथसाथै, स्वास्थ्यकर्मी समेत भएको नाताले उनलाई के पनि थाहा थियो भने कोरोनाको सबैभन्दा बढी खतरा उमेरका नेटो काटेका, दीर्घरोगीहरु तथा शरीरको रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिहरुलाई हुने गर्छ । त्यसैले आफूलाई कोरोना संक्रमणले गाँजेको पुष्टि भएपछि सम्भवतः दीर्घरोगी भएकाले पनि   होला, उनको मनमा निरासाको कालो बादलले घेरेको अनुभव भयो । उनले तत्कालै आफूले मिर्गौलाको उपचार गराउँदै आइरहेका डा.अनिल बराललाई फोन गरे । डाक्टरको सल्लाहमा उनले नियमित सेवन गर्र्दै आएको औषधि केही दिनका लागि बन्द गरे, सँगसँगै उनले छातीको सिटी स्क्यान पनि गरे । धन्न सिटी स्क्यान गर्दा छातीमा चाहिँ खासै समस्या देखिएन । उनी होम आइसोलेशनमा बसे ।

तर घरमा बसेको दुई दिनपछि उनलाई फेरि ज्वरो आयो । चिकित्सकको सल्लाहमा उनी तुरुन्तै अस्पताल भर्ना भए ।  अस्पताल भर्ना भएपनि ज्वरो कम भएन । आपतकालीन उपायका रुपमा उनलाई रेम्डेसिभिर औषधि चलाइयो । त्यसपछि बल्ल क्रमशः ज्वरो कम हुँदै गयो । ज्वरो कम हुँदै गएपछि उनमा साहस पलायो । प्रतिरोधात्मक क्षमता कमजोर भएपनि कोरोनालाई जित्छु भन्ने आत्मविश्वास जाग्न थाल्यो ।

ज्वरो त घट्यो तर शरीरमा सुगरको मात्रा भने बढ्दै गयो । अस्पतालको शैय्यामा पल्टिरहेका तिवारीको दिमागमा नकारात्मक सोचले पुनः स्थान पाउन थाल्यो, कतिसम्म भने उनले बाँच्ने आशा छाडे ।  हुन पनि कोरोना संक्रमित भएर दीर्घरोगी र ज्येष्ठ नागरिक धेरैको मृत्यु भइरहेको बेला उनको मनमा अनेकन नकारात्मक ख्याल मनमा आउथ्यो ।

शरीरमा सुगर बढेर ४५० सम्म पुगेपछि मधुमेह विशेषज्ञ डा. दिपक मल्लले औषधि चलाए । ४÷४ घण्टामा इन्सुलिन लगाउन थालेपछि क्रमशः सुगर नियन्त्रणमा आयो । संक्रमित भएर वीर अस्पतालको शैय्यामा बसिरहँदा एकपछि अर्को स्वास्थ्यमा समस्याहरु थपिने क्रम जारी थियो । शरीरमा सुगर नियन्त्रणमा आएपछि बल्ल डब्लु वीसी बढेर २५ हजारसम्म पुग्यो ।

विस्तारै स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै आएपछि उनको मनमा सकारात्मक आशा किरणहरु छाउन थाल्यो । मिर्गौला प्रत्यारोपण गरेकाले एकपछि अर्को स्वास्थ्य समस्या थपिँदै गएकाले गाह्रो भएको हो, तर कोरोनाले मलाई जित्दैन, मैले अब कोरोनालाई जित्छु भन्ने कुरा तिवारीको अन्तरआत्माले भनिरहेको थियो ।

आफू अस्पतालमा कोरोनासँग जुधिरहँदा चितवनमा रहेका उनका बुवा एक्कासि बिरामी भए । उनलाई आफन्तको सहयोगमा चितवन अस्पतालमा भर्ना गरियो । बुवाको स्वास्थ्य अवस्था विस्तारै सुधार हुँदै गइरहेको स्थितिबीच उनले अचानक बुवाको निधनको भएको खवर सुने ।

आफू अस्पतालमा कोरोनासँग जुधिरहँदा चितवनमा रहेका उनका बुवा एक्कासि बिरामी भए । उनलाई आफन्तको सहयोगमा चितवन अस्पतालमा भर्ना गरियो ।  बुवाको स्वास्थ्य अवस्था विस्तारै सुधार हुँदै गइरहेको स्थितिबीच उनले अचानक बुवाको निधनको भएको खवर सुने । ‘मिर्गौला प्रत्यारोपण गरेको हुनाले कोरोना संक्रमणका कारण मेरो ज्यान उच्च जोखिम छ, उता बुवाको निधनको खवरले आँखाबाट एकोहोरो आँसु बगिरहेको थियो,’ उनले भने, ‘आँखाबाट आँसु झरिरहँदा बुवा त बित्नुभयो, अब मैले परिवारका लागि पनि कोरोनालाई जित्नै पर्छ भन्ने सोच्थे । तर साथसाथै मनको अर्को कुनामा मिर्गौला प्रत्यारोपण गरेको मान्छे मलाई कोरोनाले अप्ठयारो पर्न सक्छ भन्ने डर चाहिँ लागिरहथ्यो ।’

तिवारी परीवारका एक्ला छोरो हुन् । दुःखको कुरा स्वयं आफू संक्रमित बनी थला परेर अस्पताल भर्ना भएकाले बुवाको अन्तिम संस्कारमा समेत जान पाएनन् । एकातिर कोरोना संक्रमित भएर बुवाको अन्तिम काममा सहभागी हुन नपाउँदा मन छटपटाउँछ, अर्कोतिर धमाधम दीर्घरोगी ६० वर्ष काटेका ज्येष्ठ सदस्य संक्रमितको चाप बढिरहेको छ । यो स्थितिमा भोलि आफूले आपतकालीन आइलागिहाल्यो भने आइसियू र भेन्टिलेटर नै नपाउने त होइन भन्ने डर उनको मनमा बारम्बार पलाइरहन्थ्यो । लगत्तै उनी आफूमा आत्मविश्वास जगाउन सकारात्मक सोच ल्याइहाल्थे । विगतमा बाँच्नका लागि गरेका अनेक खालका संघर्ष आँखा अगाडि आउँदा यो केही पनि होइन, यसलाई जितेरै छाड्छु भन्ने भावना मनमा जगाउँथे । आफूले १३ वर्षअघि मृत्युको मुखमा पुगेर मिर्गौला प्रत्यारोपण गरेर नयाँ जीवन पाएको कुरा याद गरेर आफैंलाई आश्वस्त तुल्याउँथे । स्वास्थ्य बेलाबेलामा गडबढ भएर, बुवा यो संसारमा नहुँदा मनमा नकारात्मक भाव आए पनि एकैछिनमा यो गलत सोचले झन् स्वास्थ्यमा असर पुर्याउछ भन्ने उनलाई लाग्थ्यो । अस्पतालको शैय्यामा पल्टिरहँदा शारिरीक पीडा भएपनि मानसिक रुपमा कल्पनाको सागरमा डुबेर भएपनि मनमा  सकारात्मक भाव जगाउन हरपल कोशिस गरेको उनले सुनाए । सकारात्मक सोच र सही समयमा उपचार पाएकाले आफूले कोरोनालाई जितिछाडेको तिवारीको बुझाइ छ ।

 २६ औं दिनमा उनले कोरोनामाथि विजय प्राप्त गरे । उनको कोरोना रिर्पोट नेगेटिभ आएपछि घर फर्किए । रिपोर्ट नेगेटिभ आएपनि शारिरीक मानसिक रुपमा धेरै गाह्रो महसूस भइरहेको थियो । विभिन्न खालका स्वास्थ्य समस्या देखिने क्रम जारी थियो । अस्पतालबाट घर पुगेपछि डर लाग्ने, थरथर कामे जस्तो लाग्ने, समयमा निद्रा नलाग्ने, निदाइहाले पनि झल्यासझल्यास ब्युझिरहँने, मुटुको धडकन छिटोछिटो चले जस्ता समस्याहरु केही दिन उनले भोगिरहे ।

यी यावत समस्या तथा मनमा पलाइरहेका डरमाथि विजय पाउन  धेरै सकारात्मक कुराहरु सुन्ने, हेर्ने, पढ्ने गरेर मनमा सकारात्मक भाव जगाउने कोशिश गरेको उनी सुनाउछन् । ‘अस्पतालमा बस्दा सामाजिक सञ्जाल, मोवाइलबाट र अन्य माध्यमबाट जसजसले उनलाई हौसला, प्रेरणा दिए, उनीहरुसँग बोल्थे,’ उनले भने, ‘शारीरिक, मानसिक पीडा भएपनि बाँच्ने रहर सबैको हुन्छ नै । तर  सदभाव जनाउने क्रममा नै केहीकोहीले अब त बाँचिदैन भन्ने आशयका पनि कुरा गर्ने गर्थे । त्यस्ता फोन, एसएमसले आफूमा नकारात्मक सोचको विकास हुने भएकाले केही समय त मोवाइलनै अफ गरेर पनि बसें ।’

तिवारीले मिर्गौला प्रत्यारोपण गरेकाले पहिलादेखि नै खानपानमा विशेष ख्याल गर्थे । कोरोनासँग जुधिरहँदा होस् वा र बुवाको असामयिक निधनको बेला, सधैं स्वस्थ तथा सफा खानेकुरामा बल गरेको सुनाए । उनी कोरोना मुक्त भएपनि अझै शरीर कमजोर भएको महसूस भइरहन्छ । त्यसैले विशेषज्ञको सल्लाहमा विभिन्नका किसिमका आयुर्वेदिक जडीबुटी औषधि, हरियो सागसब्जी, मौसमअनुसारका तरकारी र फलफुल सेवनमा जोड दिने गरेको सुनाउँछन् ।

‘शारीरिक, मानसिक पीडा भएपनि बाँच्ने रहर सबैको हुन्छ नै । तर सदभाव जनाउने क्रममा नै केहीकोहीले अब त बाँचिदैन भन्ने आशयका पनि कुरा गर्ने गर्थे । त्यस्ता फोन, एसएमसले आफूमा नकारात्मक सोचको विकास हुने भएकाले केही समय त मोवाइलनै अफ गरेर पनि बसें ।’

कोरोना जितेपछि स्वास्थ्यमा केही समस्या आएपनि आजभोलि क्रमश कम हुँदै गएको छ । उनी अस्पताल जानआउन सुरु गरिसकेका छन् । रोजीरोटीको लागि अस्पताल जानआउने त गर्छन तर, सधै उनलाई एउटै डरले सताउँछ– कतै फेरि संक्रमित त भइँदैन ?

कोरोनाविरुद्ध उनीसँगै उनका परिवारजनले पनि उच्च सावधानी अपनाएकै छन् । उनी भन्छन्, मैले मात्रै सावधानी अपनाएर नहुने रहेछ, सार्वजनिक यातयातमा, बाटोमा हिँड्दा जहाँ कहीँबाट संक्रमण सर्ने खतरा हरदम रहिरहन्छ ।’  उपचारका लागि अस्पताल पुग्ने, सार्वजनिक स्थानमा हिँड्डुल गर्ने मानिसले लत्ता छाडेकाे, सही तरिकाले मास्कको प्रयोग तथा सामाजिक दूरी कायम नगरेको देख्दा उनलाई धेरै चिन्ता लाग्छ । 

 प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई समस्या नदेखिए पनि सडकमा, सार्वजनिक सवारी साधनमा जनस्वास्थ्यका मापदण्ड पालना नहुँदा संक्रमण फैलिने खतरा कायमै रहेको उनको ठम्याइ छ । त्यसले घरमा बस्ने दीर्घरोगी, ज्येष्ठ नागरिकहरु समेत झन् मारमा परेको उनी बताउँछन् । घरबाहिर काम, अध्ययन, व्यवसाय, रोजगारी आदिका लागि निस्कनेहरुबाट संक्रमणको जोखिम बढेको धेरै जनालाई थाहा छ । तर, थाहा पाउँदापाउदै पनि सावधानी अपनाउने, जनस्वास्थ्यका नियमहरुको पालना– मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता कुरामा धेरै मानिसहरुले बेवास्ता गरेको देख्दा उनको चित्त बुझ्दैन । त्यस्ता मानिसहरुलाई देख्दा तिनलाई आफ्नो घर परिवारका सदस्यको माया नलागेकै हो त भन्ने प्रश्न पनि मनमा  खेलिरहने उनले सुनाए ।

कोरोनाभाइरस संक्रमणलाई सामान्य रुपमा नलिन उनको आग्रह छ । समुदायस्तरमा संक्रमण फैलदा दीर्घरोगी, ज्येष्ठ नागरिक संक्रमित भएर धमाधाम अस्पतालमा भर्ना भइरहेको तथ्य ख्याल गर्नुपर्ने उनी सुझाउँछन् । आफ्ना घरपरिवारमा भएका दीर्घरोगी वा बृद्धावस्थामा पुगेका परिवारजनको ज्यानको ख्याल गरेर भए पनि जनस्वास्थ्यको नियमरुको कठोर पालना गर्नुपर्ने उनको सल्लाह छ ।

दीर्घरोगी, ज्येष्ठ नागरिक लगायत उच्च जोखिममा रहेका व्यक्तिलाई आइसियू भेन्टिलेटरमा राख्नुपर्ने अवस्था सृजना भएमा लाखौं रुपैयाँ लाग्न सक्ने भएको मध्यम तथा निम्नवर्गीय परिवारका लागि कोभिड– १९ लाग्नु भनेको समस्याको ठूलो पहाड खडा हुनु हो भन्ने उनको अनुभव छ ।

तिवारीका अनुसार, दीर्घरोगी, ज्येष्ठ नागरिकहरु कोरोना संक्रमित भए भने एकथरी स्वास्थ्य समस्यामा मात्रै नदेखिएर अनेक खालका समस्या देखा पर्न सक्छन् । कोभिड–१९ लागेर अस्पताल भर्ना हुने बिरामीको निशुल्क स्वास्थ्य सेवा दिने भने पनि नजानिँदो रुपमा धेरै खर्च हुने कुरा भुल्न नहुने उनको सुझाव छ । उच्च जोखिममा रहेका व्यक्तिलाई आइसियू भेन्टिलेटरमा राख्नुपर्ने अवस्था सृजना भएमा लाखौं रुपैयाँ लाग्न सक्ने भएको मध्यम तथा निम्नवर्गीय परिवारका लागि कोभिड– १९ लाग्नु भनेको समस्याको ठूलो पहाड खडा हुनु हो भन्ने उनको अनुभव छ । तिवारी कोरोना संक्रमित भएर अस्पताल भर्ना हुँदा निःशुल्क उपचारको व्यवस्था गरेको थियो । तर, उनी अस्पतालमा उपचारत रहँदै सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने नीति फिर्ता लिएका कारण शुल्क तिरेर औषधि लगायतका सेवाहरु लिएको सुनाए । सरकारी अस्पतालमा कोरोना संक्रमणको कारण गम्भीर भएर उपचार गराउन पुग्दा आइसियू, भेन्टिलेटर खाली भएको बेला जसले पनि सेवा पाउने उनले जिकीर गरे । तर, कोरोना संक्रमितका गम्भीर विरामीहरुको संख्या बढ्दै जाँदा अस्पतालमा आइसियू, भेन्टिलेटर, अन्य शैय्या अभाव हुने स्थिति पनि थपिँदै जाने उनको बुझाइ छ । त्यस्तो स्थितिमा  उपचार नपाएर ज्यान जोखिममा पर्ने खतरा बढ्दै गएको उनको भनाइ छ । 

 कोरोना संक्रमणको उच्च जोखिममा रहेका वर्ग र कोरोना संक्रमण भएर अस्पतालको शैय्यामा छटपटाएका आफन्तलाई मनोवैज्ञानिक परार्मश दिएर बलियो बनाउनुपर्ने उनको धारणा छ । बिरामीलाई सदभाव र हौसला दिनका लागि सकारात्मक व्यवहार बोलीले कोरोनासँग लड्न महत्पूर्ण भूमिका खल्ने उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप