शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्कृष्ट फिगरका लागि गराइन् नितम्बको शल्यक्रिया, मोडलको मृत्यु

शनिबार, ०४ पुस २०७७, ०८ : १५
शनिबार, ०४ पुस २०७७

धेरै मानिसहरु आफ्नो सुन्दरता बढाउनका लागि शरीरका केही हिस्साको प्लास्टिक सर्जरी गराउँछन् तर कहिलेकाँही प्लाष्टिक सर्जरीको नकारात्मक असर पर्नसक्छ र अनुहार पहिले पनि भद्दा र खराब देखिन सक्छ । यद्यपि, मेक्सिकोकी एक इन्स्टाग्राम मोडलको प्लाष्टिक सर्जरी यति खराब भयो कि उनको मृत्यु नै भएको छ । 

३० वर्षकी जसलिन क्यानोलाई मेक्सिकोकी किम कार्दासियन पनि भनिन्छ । क्यानो मोडलका साथै एक स्विमसुट डिजाइनर पनि थिइन् । इन्स्टाग्राममा क्यानोका लगभग १३ मिलियन फलोअर्स छन् जो उनको सुन्दर फिगरका प्रशंसक हुन् । 

यो महिनाको सुरुवातमा क्यानो आफ्नो क्यालिफोर्नियास्थित घरबाट कोलम्बियामा प्लास्टिक सर्जरी गराउन गएकी थिइन् । क्यानो आफ्नो नितम्बको शल्यक्रिया गराउने तयारीमा थिइन् । क्यानोले जस्तो शल्यक्रिया गराउँदै थिइन् त्यसमा उनको शरीरको एक हिस्साको बोसो निकालेर प्लास्टिक सर्जरी गर्ने स्थानमा लगाइन्छ । 

‘बट लिफ्ट’ भनिने यस्तो खालको शल्यक्रियामा क्यानोको पेटबाट बोसो निकालेर उनको नितम्बमा राखिँदै थियो । अब खबर यस्तो आएको छ कि यो खतरनाक शल्यक्रियामा क्यानोको मृत्यु भएको छ । अनुमानका अनुसार यस्तो प्रकारको शल्यक्रियामा ३ हजार व्यक्तिमध्ये एक बिरामीको मृत्यु हुने गर्छ ।

क्यानोको परिवारले आफ्नो तर्फबाट अहिलेसम्म मृत्युबारे कुनै आधिकारिक पुष्टि गरेका त छैनन् तर उनकी सहयोगी मोडल लिर मार्सरले ट्वीटरमा यसबारे जानकारी दिइन् । मार्सरले लेखिन्, ‘कोलम्बियामा शल्यक्रियाको क्रममा जसलिन क्यानोको मृत्यु भयो, यो खतरनाक हो । उनी पहिले देखि नै असाध्यै सुन्दर थिइन् । उनको परिवारका लागि म प्रार्थना गर्छु, उनी निकै प्यारी थिइन् । ’

प्रशंसकले पनि आफूहरुले युट्युबमा क्यानोको अन्तिम संस्कारको फुटेज भेटेको दाबी गरेका छन् । अकेस फ्यामिली फ्युनरल होम नामको युट्युब पेजमा अपलोड भएको भिडियोको क्याप्सनमा लेखिएको छ, जसलिनले १४ मार्च, १९९० मा जन्म लिएकी थिइन् र सन् २०२० डिसेम्बर ७ मा आफ्नो अनन्त जीवनमा प्रवेश गरिन् ।’

क्यानोको परिवार र आफन्तले यसबारे आधिकारिक बयान नदिएपनि उनको इन्स्टाग्राम पेज डिसेम्बर ७ देखि अपडेट गरिएको छैन । कथित रुपमा डिसेम्बर ७ मा नै उनको मृत्यु भएको थियो । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप