दूधसँग के नखाने ?
एजेन्सी – दूधमा पाइने पोषक तत्वले सम्पूर्ण खानेकुरामा पाइने जति पदार्थ प्रदान गर्छ । विहानको नास्तामा होस् वा खानापछि दूध पिउने गरिन्छ । दूधको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, दूधसँगै यस्ता केही खानेकुराहरुको सेवन गर्नुहुँदैन । किनकी ती खानेकुरामा पाइने पोषक तत्वसँग दूधको प्रतिक्रिया हुँदा शरीरमा विष उत्पन्न हुनसक्छ ।
ती खानेकुराहरु यसप्रकार छन्ः
१. तिल र नुनबाट बनेको खानेकुरा खाएपछि छिट्टै दूध पिउनुहुँदैन । यदि दूध पिउनु छ भने थोरैमा दुई घण्टापछि पिउनु पर्छ ।
२.यदि धेरै मात्रामा साइट्रिक एसिड युक्त फलफूलको सेवन गरिएको छ भने दूध पिउनु हुँदैन ।
३. यदि खानामा माछा छ र माछाको सेवन गर्नुभएको छ भने तुरुन्तै दूध पिउनु स्वास्थ्यका लागि बेफाइदा हुन्छ ।
४. दूध र दही पनि एकसाथ खानुहुँदैन । दूध र दही एकसाथ खाँदा पेटमा ग्यास भरिने, एसिडिटी हुने, बान्ता हुने जस्ता समस्याहरु देखापर्छन् ।
५. इस्ट मिसाएको खानेकुरा र दूध एकसाथ खान हुँदैन । यसले शरीरमा नराम्रो असर गर्छ ।
६. अनार, सुन्तला, नाशपति, जस्ता फलफूलहरु दूधसँग खानुहुँदैन । दूधमा हुने क्याल्शियमलाई यस्ता फलफूलमा हुने एनजाइमले सोस्छ र शरीरलाई पोषण प्रदान हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु