शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोको एक्स३ एनएफसीःवास्तविक मिडरेन्ज च्याम्पियन

आइतबार, ०५ पुस २०७७, १३ : २०
आइतबार, ०५ पुस २०७७

काठमाडौं । पोको स्मार्टफोन ब्राण्डले ‘पोको एक्स३ एनएफसी’ नेपालमा सार्वजनिक गरेको छ । यो फोन युवा टेक र गेमका पारखिहरुका लागि फिनिश—लाइन डिजाईनमा उपलब्ध छ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ पोको एक्स३ लाई नेपालमा सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताए । क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७००—सिरिजको फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२जी डेब्यू गर्दै पोको एक्स३ एनएफसीले अविस्मरणीय प्रदर्शनको गर्व गर्ने जुन एक चार्जमा दुई दिनसम्म टिक्ने र यसको लागि ह्यान्डसेटको ठूलो ५१६० एमएएच ब्याट्रीको कमाल भएको उनले बताए ।

फोनको १२०हर्ट्ज+२४०हर्ट्ज डिस्प्ले बजारमा उपलब्ध प्रायःफ्ल्यागशिपहरू भन्दा उत्कृष्ट भएको कम्पनीले दावी गरेको छ । 

क्वालकम स्न्यापड्रैगन ७३२जीको प्रदर्शन
क्वालकमको अहिलेको सबैभन्दा शक्तिशाली फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२जी मा चल्दै, पोको एक्स३ एनएफसीले निरन्तर अधिकतम प्रदर्शन र एआई क्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको सबैभन्दा दक्षतापूर्ण गेमरलाई पनि प्रभावित गर्ने र यसको लागि क्रायो ४७० अक्टा—कोर सीपीयू र एड्रेनो ६१८ सर्वोत्कृष्ट गेमिङ्ग सिरिज जीपीयूमा आधारित भएको कम्पनीले बताएको छ । 

स्थिर अपरेशन र घर्षणविहीन प्रयोगकर्ताको अनुभव सुनिश्चित गर्न, उपकरणले लिक्वडकूल टेक्नोलोजी १.० प्लस सम्मिलित गर्दछ र विस्तारित कपर हिट पाइपको संयोजनमा ग्रेफाइटको बहु—तहहरू फोनको प्रोसेसरको ताप ६डिग्री सम्म कम गर्न सँगै काम गर्दछ । 

१२०हर्ट्ज+२४०हर्ट्ज डिस्प्ले र स्टेरियो स्पिकरहरूको साथ इमर्शन
पोको एक्स३ एनएफसीमा एक शानदार इड्ज—टु—इड्ज ६.६७ इन्च एफएचडी+ डट डिस्प्लेको साथ १२०हटर््ज रिफ्रेस रेट र २४० हटर््ज स्याम्प्लिङ्ग रेटको छ । गतिशील स्वीच फङ्सनले फोनमा उपयोग र स्क्रिनमा प्रदर्शित सामग्रीको ढाँचामा निर्भर हुँदै स्वचालित रूपमा ५०, ६०, ९० र १२० हर्ट्जको बीचमा स्विच गरेर शक्ति बचत गर्न अनुमति दिन्छ ।

२४० हर्ट्ज टच स्याम्प्लिङ्ग दरले अधिकांश प्रतिस्पर्धा पूर्णरुपमा हराउन अनुमति दिँदै फोनको असाधारण प्रदर्शन क्षमताहरूलाई थप सुदृढ गर्दछ । पोको एक्स३ एनएफसीले एक अत्यन्तै सन्तोषजनक प्रयोगकर्ता अनुभव प्रदान गर्दै हाल बजारमा उपलब्ध धेरै फ्ल्यागशिपहरू भन्दा बढि ३३% छिटो प्रतिक्रियाको दावा गर्दछ । अत्यन्तै इमर्शन सुनिश्चित गर्न, यस उपकरण एक जोडी फ्लगशिप—ग्रेड स्टेरियो स्पिकरकोे साथ आउँदछ ।

६४एमपी एआई क्वाड क्यामेरा प्रणालीको फोटोहरू 
पोको एक्स३ एनएफसीमा एक शीष—नोच रियर क्वाड—क्यामेरा प्रणाली छ जसमा ६४एमपी मुख्य क्यामेरा, १३एमपी अल्ट्रा—वाइड एंगल क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र २एमपी डेप्थ सेन्सर समावेश रहेको छ ।

५१६० एमएएच र ३३ वाट्ट फास्ट चार्जिङ्ग
प्रयोगकर्ताहरूले यसको सबै आश्चर्यजनक सुविधाहरूको आनन्द लिन सक्दछन भन्ने ग्यारेन्टी गर्नको लागि पोको एक्स३ एनएफसी ५१६०एमएएच (टाइप) ब्याट्रीले सुसज्जित छ जुन मध्यम प्रयोगमा दुई दिनसम्म टिक्छ । यो ह्यान्डसेटले ३० वाट्ट फास्ट चार्जिङ्गलाई समर्थन गर्दछ जसको मतलब केवल यो मात्र होइन कि यो ६५ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सकिन्छ, तर केवल ३० मिनेटमा यो ६२% सम्म चार्ज हुन्छ । 

पोको एक्स३ एनएफसी ६जीबी+१२८जीबी भेरियन्टमा स्याडो ग्रे र कोबाल्ट ब्लू कलर भेरियन्टमा रु ३१,९९९ मा उपलब्ध हुनेछ । यो मी प्रिफर्ड पार्टनर र अनलाईन पार्टनर—डराज डट कम र सस्तो डिल मार्फत उपलब्ध हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप