बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाका आर्मी जनरलले स्विकारेः  भ्याक्सिन बाँड्न भयो गल्ती

सोमबार, ०६ पुस २०७७, ०७ : ४७
सोमबार, ०६ पुस २०७७

अमेरिकामा कोरोना भ्याक्सिनको वितरकले आफूले बचन दिए अनुसारको भ्याक्सिनको खुराक राज्यलाई उपलब्ध गराउनमा आफू असफल भएको स्विकारेका छन् ।

अपरेशन वार्प स्पिडका प्रखुख जनरल गुस्तावे पेर्नाले राज्यका गर्भनरसँग भएको असमझदारीका लागि व्यक्तिगत रुपमा आफूले जिम्मेवारी लिने बताएका छन् । अमेरिकामा एकभन्दा बढी राज्यले अपेक्षित भ्याक्सिनको संख्यामा भएको कटौतीमाथि रोष व्यक्त गरेका छन् । 

फाइजर–बायोएनटेकले अमेरिकामा मञ्जुरी पाइसकेको छ र अब त्यो वितरण गर्ने काम भइरहेको छ । यसबाहेक मोडर्ना भ्याक्सिनले पनि अप्रुभल पाएको छ । 

कोरोना महामारीबाट सर्वाधिक प्रभावित अमेरिका नै छ । संसारभरी कोरोना संक्रमितको संख्या ७ करोड बढी पुगिसकेको छ जसमध्ये १ करोड बढी त अमेरिकामा मात्रै छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण हालसम्म ३ लाख बढीको मृत्यु भइसकेको छ । जोन हपकिन्स युनिभर्सिटीको आँकडा अनुसार अमेरिकामा संक्रमणले सबैभन्दा खराब असर पुर्याएको छ । 

जनरलले के भने ?

जनरल पेर्नाले पत्रकारसँगको एक टेलिफोन वार्ताका क्रममा  वितरणमा कमजोरीको कुरा स्विकारेका छन् । यतिबेला उनले थुप्रै पटक राज्यका गभर्नरसँग माफी मागे । 

पेर्नाका अनुसार उनले जति पनि डोज उपलब्ध हुने बताएका थिए, त्यो त तयार भइहाल्छ नि भन्ने विश्वासले भनेका थिए । 

तर अब राज्यले अपेक्षित डोज नपाउँदा यसका लागि आफ्नो गल्ती भएको उनले स्विकारेका छन् । 

उनले भने, ‘मैले  नै पूर्वानुमान पत्रलाई मञ्जुरी दिएको हुँ । मैले नै वितरणका लागि मञ्जुरी दिएँ । प्रक्रियाका लागि कुनै समस्या छैन । न नै फाइजर भ्याक्सिनसँग कुनै समस्या छ । मोडर्ना भ्याक्सिनसँग पनि कुनै समस्या छैन ।’

उनले थपे, ‘म असफल रहेँ । म यसलाई ठिक गराउने कोसिस गरिरहेको छु । हामी यहाँबाट अघि बढ्नेछौं ।’

अमेरिकी मिडियाका अनुसार केही राज्यलाई अर्को हप्ता उनीहरुले जुन डोज पाउनेछन्, त्यो कम नै हुने बताइएको थियो । 

न्यूयोर्क टाइम्सले क्यालिफोर्निया, न्यूजर्सी र मिशिगनसमेत १४ राज्यको नामको सूची जारी गरेको छ, जसले कम डोज पाएका छन् । 

वासिङ्टनका गभर्नर जे इंसलीले बिहिबार एक ट्वीट गरेर आफ्नो निराशा व्यक्त गरेका छन् । 

उनले लेखे, ‘यो विघटनकारी हो । यसलाई सफल बनाउन हामीलाई सटिक, अनुमानित संख्या चाहिन्छ, योजना बनाउनका लागि र जमिनी स्तरमा यसको सफलताका लागि ।’

मिशिगतका गभर्नर ग्रेचेन व्हिटमरले ह्वाइट हाउस प्रक्रियाका लागि ढिलो रह्यो । 

जनरल पेर्नाले भने, ‘कृपया मेरो व्यक्तिगत माफी स्विकार गर्नुहोस् ।’

जनरल पेर्नाले सबै भ्याक्सिन उपलब्ध हुँदा र वितरित हुँदा कति संख्यामा हुनेछ भन्नेबारे आफूलाई सही अन्दाज नभएको बताएका छन् । ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्यूमन सर्भिसका अनुसार वास्तवमा जति खुराक तयार गरिएको छ र जति वितरणका लागि तयार छन्, त्यसमा अन्तर हुनसकछ ।

यो कुराको समर्थनमा उनले कुनै पनि डोजको वितरण गर्नुअघि त्यसले परीक्षणको विभिन्न चरणबाट गुज्रनुपर्ने बताएका छन् । 

जनरल पेर्नाले मोडर्ना भ्याक्सिनले भर्खरै मञ्जुरी पाएको र आइतबारदेखि यसको सिपिङ सुरु हुने बताएका छन् । जनवरीको पहिलो हप्तासम्म कूल २० मिलियन खुराक पाउने उनले बताएका छन् । 

उनले भने, ‘हामीलाई आशा छ कि पूरा प्रक्रिया दोषमुक्त रहनेछ र सबै काम सही तरिकाले हुनेछ । ’

दुबै खोप लगभग ९५ प्रतिशत प्रभावकारी भएको बताइँदै छ । अमेरिकाले आगामी वर्षको अप्रिलसम्म १० करोड व्यक्तिलाई भ्याक्सिन प्रदान गर्ने लक्ष्य राखेको छ । – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप