भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५५ लाख बढी

person explore access_timeपुस ६, २०७७ chat_bubble_outline0
file photo

एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्म एक करोड ५५ लाख भन्दा बढी भएको छ ।  विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ३३७ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख ५६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ८१० जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा एक हजार २७५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र २६ जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ । 

मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख ६ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख ३६ हजार सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड २० लाख ९८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् । –सिन्ह्वा
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।