बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल फार्मेसी परिषद‍्दवारा लाइसेन्स परीक्षाको फारम खुला

सोमबार, ०६ पुस २०७७, १६ : ५५
सोमबार, ०६ पुस २०७७

नेपाल फार्मेसी परिषद्ले लाइसेन्स परीक्षाका लागि फारम खुला गरेको छ । १६ औँ लाइसेन्स परीक्षाको लागि परिषद्ले एक सूचना जारी गरि फारम खुला गरेको होे । परीक्षामा सहभागी हुनेहरुले सोमबारदेखि माघ ६ गतेसम्म लाइसेन्स फारम भरिसक्नुपर्ने छ । कुनै पनि कागजात प्रमाणित हुन नसके आवेदन रद्द गर्ने परिषद्ले जनाएको छ । 

परिषद्ले ४÷४ महिनाको फरकमा अर्थात वर्षको तीन पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ । नाम दर्ता आवेदन फारम परिषद्को वेबसाइटमा भएको नेम रेजिस्ट्रेशनमा भर्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप