शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा समानान्तर बैठक : एक पक्षले अर्को पक्षलाई कारवाहीको तयारी

बालुवाटारमा ओलीपक्ष र बबरमहलमा प्रचण्ड-नेपाल पक्षको बैठक
सोमबार, ०६ पुस २०७७, १८ : ५०
सोमबार, ०६ पुस २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल) पक्षले एकै दिन दुईतिर केन्द्रीय समिति बैठक बोलाएका छन् । ओली पक्षले मंगलबार बिहान ९ बजे बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएको हो भने प्रचण्ड-नेपाल पक्षले दिउँसो १ बजेलाई बैठक बोलाएको हो । 
सोमबार बस्ने भनेको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठक पनि भोलि मंगलबार नै बस्ने भएको छ । 

नेकपा केन्द्रीय कार्यालयका दुई कार्यालय सचिवले सचिवले फरकफरक बैठकका लागि एसएमएस पठाउँदै जानकारी गराएका छन् । 

प्रचण्ड–नेपाल समूहले आइतबार नै स्थायी कमिटीको बैठकबाट निर्णय गराएर ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव ल्याउने बताएको थियो । प्रचण्ड पक्षको यस्तो तयारी थाहा पाएपछि ओली समूहले पनि बैठक बोलाएर प्रचण्ड–नेपाल समूहलाई कारवाही गर्ने योजनाअनुसार बैठक बोलाएको बुझिएको छ । सोमबार बानेश्वरमा बसेको प्रचण्ड पक्षको भेलाले असंवैधानिक काम गर्ने प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई कारवाही गर्ने तयारी भएको वरिष्ठ नेता झलनाथ खनालले बताए ।

उता, ओलीले आफूलाई घेराबन्दीमा पारेर काम गर्न नदिएकाले संविधान अनुसार नै संसद भंग गरेको दावी गरेका छन् भने प्रचण्ड पक्षले संसद भंग गर्ने कुनै आधार नभएकाले संसद भंग नभएको दावी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप