बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२०२१ मा यी पाँच तरिकाले हटाउनुहोस् पैसाको चिन्ता

मङ्गलबार, ०७ पुस २०७७, ०८ : २३
मङ्गलबार, ०७ पुस २०७७

जब अमान्डा क्लेम्यान न्यूयोर्कमा थिइन् तब क्रेडिट कार्डको ऋणमा यति नराम्रोसँग फसिसकेकी थिइन् कि त्यसबाट बाहिर कसरी आउने, उनले सोच्नसमेत सकेकी थिइन्न । 

अमेरिकामा फाइनेन्सियल थेरेपिस्ट अमान्डाले बीबीसी मुन्डोसँगको कुराकानीमा भनिन्, ‘त्यो स्थितीले मलाई यति लज्जित बनाइदिएको थियो कि मेरो व्यावसायिक र नीजि उपलब्धि सबैकुरा झुटो हो भन्ने लाग्न थालेको थियो । ’ 

एक दिन अमान्डाले आफ्नी आमालाई आफ्नो कपाल काटिदिन आग्रह गरिन् । तर आमाले जसरी कपाल काटिदिइन्, त्यो अमान्डालाई फिटिक्कै सुहाएन । त्यतिबेला आमाले यसलाई मिलाउनका लागि आफ्नो हेयरड्रेसकोमा जान सुझाइन् । 

तर अमान्डाले भनिन्, ‘म जान सक्दिनँ । म त्यहाँ फर्किएर जान सक्दिनँ किनभने मैले उनीहरुलाई बाउन्स चेक दिएकी छु ।’

त्यतिबेला अमान्डाले आफ्नी आमालाई सबैकुरा साँचो साँचो बताउनु पर्यो । अमान्डाले उनीमाथि १९ हजार डलर करिब २२ लाख रुपैयाँको ऋण भएको बताइन् । 

वित्तिय योजनाः

सबैभन्दा खराब कुरा यो थियो कि अमान्डालाई यति ठूलो ऋण कसरी तिर्ने भन्नै नै थाहा थिएन । 

यद्यपि, त्यतिबेला आमाको मद्दतले अमान्डाले आफ्नो बिल चुकाइन् । त्यसपछि उनले महिनाको एउटा बजेट र आर्थिक योजना बनाइन् । अमान्डाले पहिले कहिले पनि यसो गरेकी थिइनन् । 

अमान्डा क्लेम्यान भन्छिन्, ‘म सधैं बजेट बनाउनबाट बच्थेँ किनभने यसो गर्दा मेरो स्वतन्त्रता गुम्छ भन्ने मलाई डर लाग्थ्यो ।’

तर बजेट बनाउँदा उनलाई थाहा भयो कि यसले उनको स्वतन्त्रता बढेको छ र बिस्तारै खर्च पनि कम भएको छ । उनको बचत भइरहेको छ जसका कारण उनले आफ्नो सबै ऋण पनि चुक्ता गरिसकेकी छिन् । 

अमान्डा भन्छिन्, ‘त्यो हेयरकटको ऋणका कारण मैले मेरो सही बाटो पाएँ जहाँ म पैसाका लागि बढी समझदार, सशक्त भए र मैले मेरो जीवनको प्यासन पाएँ ।’

थुप्रै वर्षसम्म सामाजिक कार्यमा सक्रिय भएपछि आफ्नो यो प्यासनका कारण अमान्डा क्लेम्यान एक फाइनेन्सियल थेरापिस्ट बनेकी छिन् । 

वित्तिय डर (फाइनेन्सियल एङ्जाइटी) के हो ?

अब क्लेम्यान यस्ता मानिसहरुको मद्दत गर्छिन् जसलाई वित्तिय तनावको समस्या छ । उनी कम्पनीसँग जोडिएकी छिन्, यो विषयमा ज्ञान दिन्छिन् र कलम पनि चलाउँछिन् । 

अमान्डाका अनुसार डर त्यतिबेला पैदा हुन्छ जब हाम्रो शरीर र दिमागले हामीलाई सिग्नल दिन्छ । केही सही भइरहेको छैन, त्यसमा ध्यान देउ भन्ने जानकारी दिन्छ । 

यो हाम्रा लागि खतराको घण्टी हो र मुश्किल स्थितीसँग जुध्ने समय आएको छ है भन्ने सिग्नल हो । यद्यपि, धेरैजसो यस्तो भइदिन्छ कि जब मानिसहरु डराउँछन् तब समस्यामा ध्यान दिन बन्द नै गरिदिन्छन् । 

त्यसैले हामीलाई पैसाको विषयमा डर लाग्छ । हामी साधारणतया यसबारे सोच्दैनौं र हालत यति खराब हुन्छ कि हामी आवेगमा निर्णय लिन्छौं । 

उनका अनुसार यस्ता निर्णयका कारण स्थिती थप खराब हुने गर्छ जसले थप डर पैदा हुनेगर्छ । यसरी हामी एक दुष्चक्रमा फस्दै जान्छौं । त्यसैले सबैभन्दा पहिले आफ्नो डरमा ध्यान दिनुहोस् र निकै गहिरोसँग सोच्नुहोस् कि तपाईंसँग आखिर के भइरहेको छ ।

अमान्डा फाइनेन्सियल एङ्जाइटीबाट निस्कनका लागि पाँच तरिका सुझाउँछिन्ः

१. आफ्नो उत्सुकता बढाउनुहोस्ः

आफ्नो पैसाका लागि उत्सुक हुन सिक्नुहोस् । सबैभन्दा पहिलो कदम यहि हो ।  

तपाईंको आर्थिक जीवनमा के भइरहेको छ, त्यसमा साँच्चै नै रुची लिनुहोस् । ऋण कसरी चुकाउने होला भनेर मात्रै सोच्ने नगर्नुहोस् । 

 हाम्रो पैसाले हाम्रो बारे के थाहा हुन्छ भने हामी आफ्नो समयको प्रयोग कसरी गर्छौं र हाम्रो लागि वास्तवमा के कुरा महत्वपूर्ण छ । यो कुराले आफूले आफैंलाई सोधौं ।

२. आफ्नो पैसामाथि लगातार ध्यान दिनुहोस्ः

महिनामा कम्तिमा एकपटक यी तीन कुरा गर्नुहोस्ः

– यो हेर्नुहोस् कि तपाईंको बैंक अकाउन्टमा कति पैसा आउँछ र कति बच्छ ।

– अब कस्तो वित्तिय स्थिती आउँदैछ भन्ने कुरामा विचार गर्नुहोस् ।

– एउटा योजना बनाउनुहोस् । 

उदाहरणका लागि यदि तपाईंको भाडा बढेको छ भने तपाईंले आफ्नो बजेटमा केही कुरा परिवर्तन गर्नुपर्ने हुन्छ ता कि भाडा दिने बेलासम्म तपाईलें केही प्रबन्ध मिलाउन सक्नुहोस् । 

यसलाई समय अगावै तयारी गर्नुपर्नेछ, जे हुन्छ ‘देखा जाएगा’ भन्ने होइन ।

३. तपाईंले जे हासिल गर्नुभएको छ, त्यसका लागि आफ्नो खुबीको पहिचान गर्नुहोस्ः

तपाईंले आफ्नो लक्ष्यतर्फ कति प्रगति गर्नुभएको छ, त्यसको पहिचान गर्नुहोस् । यो महत्वपूर्ण पाटो हो । 

आफ्नो लक्ष्यमा किन पुग्न सकिनँ भनेर चिन्ता नगर्नुहोस् । 

भलै तपाईंले स–साना कदम उठाइरहनुभएको होला तर यो पनि महत्वपूर्ण परिवर्तन हो जसले देखाउँछ कि तपाईंमा यसको क्षमता छ । 

फाइनेन्सियल एङ्जाइटीलाई समाप्त गर्नु एउटा यस्तो प्रक्रिया हो जुन रातारात पूरा हुन सक्दैन । 

४. प्रयोग गर्ने मौकाः

हामी धेरैजसो कुनै कुरा ‘सही तरिका’ ले नै गर्न चाहन्छौं किनभने केही भिन्न गर्दा हामीलाई असफल हुने हो कि भनेर डर लाग्छ । 

तर सधैं भरी कुनै कुरा गर्न एउटा मात्रै सही तरिका हुन्छ भन्ने छैन । 

यदि हामीले यसबारे थप सोच्यौं भने विभिन्न विकल्प खुल्न सक्छन् । 

हामीले आफूले आफूलाई थप रचनात्मक हुने मौका दिनुपर्छ । 

५. पैसा नहुनु ‘राम्रो खबर’ होः

यो सुन्दा अचम्म लाग्ला तर पैसा नहुनु ‘राम्रो खबर’ हो । यस्ता स्थितीसँग जुध्नका लागि सोच्ने तरिकामा परिवर्तन गर्नुपर्छ । यसलाई एउटा मौकाको रुपमा हेर्न सकिन्छ । 

यो कदमले हाम्रो दृष्टिकोणलाई बदल्नु पर्ने महत्वलाई देखाउँछ जस्तै हामीले आफ्नो जीवनमा चुनौतीको जवाफ कसरी दिन्छौं र योसँग जुध्नका लागि लचिलोपन कसरी अपनाउँछौं । 

‘हामी आर्थिक समस्यासँग जुध्न सक्दैनौं’ यो सोच्नुको साटो ‘यस्ता परिस्थितीबाट कसरी निस्कने ?’ भनेर सोचौं । 

यो प्रक्रियामा हामीले आफ्ना बारे निकै रोचक कुराहरु पनि थाहा पाउनेछौं र हामीलाई थाहा हुनेछ कि व्यक्तिगत मामिलाले पैसालाई सम्हाल्ने हाम्रो तरिकालाई कसरी प्रभावित गर्छ । 

यो कुनै जादु होइनः

अमान्डा भन्छिन्, ‘फाइनेन्सियल थेरेपी र पैसाको विषयमा जुन व्यवहार हामी विकसित गर्न चाहन्छौं, यो कुनै जादुको छडी होइन ।’

यो एउटा प्रक्रिया हो जुन ‘हाम्रो अगाडि एक चुनौती छ है’ भन्ने कुराको स्विकार गरेपछि सुरु हुन्छ । आफैंलाई जान्ने यो यात्रा चलिरहन्छ ता कि त्यो सिग्नलले हामीलाई के गराउन चाहन्छ भेर पत्ताा लाग्न सकोस् र हामी केही बानीमा परिवर्तन ल्याउनका लागि योजना बनाउन सकौं । 

यो प्रक्रियामा आफूले आफैंलाई प्रश्न सोध्नु फाइदाजनक हुन्छ । जस्तै कि तपाईंको कामको के अर्थ हो, तपाईंका प्राथमिकता के हुन्, तपाईंको लक्ष्यलाई केले प्रभावित गर्छ, तपाईंको आर्थिक स्वास्थ्यलाई कुन सम्बन्धले प्रभावित गर्छ, तपाईं कुन कुरालाई परिवर्तन गर्न सक्नुहुन्छ र केलाई सक्नुहुन्नँ । 

तपाईंको जागिर नै गुमे ?

यस्तो स्थितीमा फाइनेन्सियल थेरापिस्टले दिने सल्लाह भनेको तपाईंले सुरुमा शान्तिले बसेर हालको स्थितीको विश्लेषण गर्नुपर्छ । 

एउटा राम्रो तरिका यो हो कि तपाईं ती व्यक्तिसँग कुरा गर्नुहोस् जोसँग तपाईंको वित्तिय प्रतिबद्धता छन् जस्तै घर मालिकसँग कुरा गर्नहोस् र भाडाका लागि थोरै समय दिन आग्रह गर्नुहोस् । 

यदि जागिर जानुअघि तपाईंको केही बचत छ भने तपाईंले त्यो पैसाले कतिसम्म आफ्नो खर्च धान्न सक्नुहुन्छ भनेर योजना बनाउनुहोस् । 

यसले यसबारे पनि तपाईंलाई सोच्न मद्दत गर्छ कि तपाईंले वैकल्पिक तरिकाले पनि कसरी पैसा पाउन सक्नुहुन्छ । 

भलै त्यो पैसाले तपाईंको पूरा खर्च नधान्ला तर ऋण र ब्याजबाट बचाउनका लागि यो तरिका निकै हदसम्म तपाईंको मद्दत गर्नसक्छ । साथै आफ्नो खर्च कम गर्न नबिर्सिनुहोस् । 

यी सबैमार्फत् यो जान्ने कोसिस गर्नुहोस् कि कुन कुरामा तपाईंको नियन्त्रण छ र कुनै कुरा तपाईंको नियन्त्रण बाहिर छ । यसले हामीलाई आफ्नो लक्ष्यतर्फ अघि बढ्न मद्दत गर्छ । – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप