मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चिसोमा बढिरहेछ चायाँको समस्या ? यी चार प्राकृतिक तरिकाले पाइनेछ राहत

मङ्गलबार, ०७ पुस २०७७, १० : ०४
मङ्गलबार, ०७ पुस २०७७

चिसो मौसममा कपालको विशेष रेखदेख गर्न अत्यावश्यक हुन्छ । चिसो मौसममा कपाल रुखो हुन सक्छन् भने चायाँको समस्या पनि बढ्न सक्छ । यस्तो समस्याले कपाललाई जरैदेखि कमजोर बनाउन सक्छ र कम उमेरमा नै मानिसहरुको कपाल झर्न सुरु हुन्छ । आउनुहोस्, चिसो मौसममा कपाललाई स्वस्थ र चम्किलो बनाइराख्न के गर्न सकिन्छ, त्यसबारे जानकारी लिऔं । 

तेलको मसाजः

हप्तामा एकपटक नरिवल वा बदामको मनतातो तेलले कपालको जराको मसाज गर्नुहोस् । यसले टाउकोमा रक्त सञ्चार राम्रो हुन्छ । साथै कपालको रुखोपन हट्छ र चिसो मौसममा पनि कपाल स्वस्थ रहनेछ । 

हेयर ट्रिमिङः

चिसो मौसममा कपालको ट्रिमिङ गर्नु पनि राम्रो विकल्प हो । चिसोको हावाले कपाललाई रुखो बनाउँछ जसका कारण कपाल टुट्टे, झर्ने र हाँगा फाट्ने गर्छ । ट्रिमिङ गर्दा तपाईंले यस्ता समस्याको सामना गर्नु पर्दैन । 

दिनदिनै टाउको ननुहाउनुहोस्ः

चिसो मौसममा दिनदिनै टाउको नुहाउनबाट जोगिनुहोस् । हरेक दिन नुहाउँदा टाउकोमा भएको प्राकृति तेल सुक्छ र यसले तपाईंको कपाललाई अस्वस्थ र रुखो बनाउँछ । हप्तामा दुईपटक नुहाउनु राम्रो मानिन्छ । 

टाउकोलाई छोप्नुहोस्ः

चिसो मौसममा कपाललाई जति सक्दो लुकाएर राख्नुहोस्, नभए कपाल रुखो हुनसक्छन् । कपाललाई जुरो बनाउनुहोस् वा बाट्नुहोस् र स्कार्फले ढपक्क ढाक्नुहोस् । यद्यपि, दिउँसो भने कपाल र पूरा शरीरलाई घाम पर्ने गरी बाहिर बस्नुहोस् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप