शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डन्डीफोर र कपालको चाँया हटाउन केराको बोक्रा

मङ्गलबार, ०७ पुस २०७७, ११ : ५४
मङ्गलबार, ०७ पुस २०७७

एजेन्सी – केरा फलफूलको राजा हो । केरा सबैलाई मनपर्ने फल हो । केरामा भिटामिन, क्याल्शियम, प्रोटिन, आइरन, एन्टिअक्सिडेन्ट जस्ता तत्वहरु पाइन्छ । केरामा पाइने यी नै तत्वहरुका कारण यो फल खाने गरिन्छ । तर केराको बोक्रा फाल्ने गरिन्छ । तर केराको बोक्राका पनि कयौँ फाइदाहरु छ । बोक्रालाई विभिन्न तरिकाले कपाल र अनुहारमा लगाउँदा विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एक्नी कम गर्न 
पाकेको केराको बोक्राको पेस्ट बनाउने र त्यसमा एक चम्चा महमा थोरै कागतीको रस मिसा एर अनुहारमा भएको एक्नीमा लगाउने र १५ मिनेटपछि पखाल्ने । हप्तामा दुईपटक यसरी लगाउँदा अनुहार सफा हुँदै जान्छ । 

डार्क सर्कल कम गर्न 
एउटा केराको बोक्रालाई ब्लेन्डरमा पिसेर पेस्ट बनाउने । र त्यसमा २ टेबलचम्चा घ्युकुमारी मिसाउने र त्यो पेस्टलाई आँखाको तल र माथि लगाएर ५ देखि १० मिनेटसम्म राख्ने र सुख्खा हुन छोडिदिने र पानीले पखाल्ने गर्दा आँखाको डार्क सर्कल कम हुँदै जान्छ । 

दागधब्बा
अनुहारमा भएको दागधब्बा हटाउन केराको बोक्राको पेस्ट तयार गर्ने र त्यसमा एक चम्चा मह मिसाएर हातले हल्का मसाज गर्ने । यसरी लगातार केही दिन लगाउँदा अनुहारको दागधब्बा हराउँदै जान्छ । 

चाँया
केराको बोक्राको पेस्ट कपालको जरामा लगाउने गर्दा चाँया हटाउन मद्दत गर्छ । केराको बोक्राको भित्रि भाग, १ चम्चा दही, २ चम्चा नरिवलको दूध, गुलाब जल मिसाएर कपालको जरामा लगाएर मसाज गर्ने र ३० मिनेट लगाएर छोड्ने र त्यसलाई पानीले पखाल्ने गर्दा चाँया कम हुँदै जान्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप