कोरोनाको नयाँ प्रकारको त्रासः लण्डनस्थित नेपाली दूतावासद्वारा नेपाल जाने भिसामा रोक
लण्डन । बेलायतस्थित नेपाली दूतावास लण्डनले मंगलबार एक सूचना जारी गर्दै नेपालका लागि तत्काल पर्यटक एवम् अन्य भिसा जारी नगरिने बताएको छ । नेपाल सरकारले बेलायतबाट जाने यात्रुलाई मंगलबारबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै दूतावासले उक्त सूचना जारी गरेको हो ।
नेपाल सरकार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मिति पुस ७ गतेको निर्णयले संयुक्त अधिराज्यबाट प्रस्थान गरी नेपाल जाने एवं संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल जाने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको हो । पुस ७ गते एयरपोर्टमा ट्रान्जिटमा रहेको बाहेक अर्को सूचना नहुन्जेलसम्म नेपाल आगमनमा रोक लगाइएको हो । नेपाल सरकारको सोहि निर्णयलाई आधार मान्दै यस अवधिमा नेपालका लागि भिसा वितरण गर्ने कार्य स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।
बेलायतमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसले नयाँ रुप परिवर्तन गरेपछि पचासभन्दा बढी मुलुकहरुले बेलायतबाट हुने सम्पूर्ण उडानमा रोक लगाएका छन् । हाल बेलायतमा देखिएको नयाँ किसिमको भाइरस ‘भियूआइ–२०२०१२०१’ यस अघिको भन्दा ७० प्रतिशतसम्म बढी संक्रामक रहेको जनाइएको छ ।
पछिल्लो समयमा बेलायतमा कोरोना संक्रमण दर, मृतक संख्या र हस्पिटल भर्ना हुनेको संख्या अत्यधिक वृद्धि भएको छ । मंगलबार एकैदिन बेलायतमा ६९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६८ हजार ३०७ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ३६ हजार ८०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमण दर नियन्त्रण भन्दा बाहिर गएको भन्दै सरकारले विशेष गरि लन्डन क्षेत्रमा ‘टीयर ४’ नाम दिइएको लकडाउन घोषणा गरेको छ, जुन यसअघि गरिएको देशव्यापी लकडाउन जस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
-
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने