बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा तयारी विषयगत प्रश्नोत्तर : प्रहरी महानिरीक्षकले गर्ने कार्यहरू के–के हुन् ?

बुधबार, ०८ पुस २०७७, ०९ : ४५
बुधबार, ०८ पुस २०७७

खर्च व्यवस्थापन
१. खर्च व्यवस्थापन भनेको के हो ? यसमा सुधार गर्नुपर्ने क्षेत्रहरू के–के हुन् ? लेख्नुहोस् ।
चालु खर्चमा अनुत्पादक खर्च घटाउने, मितव्ययिता कायम गर्ने, पुँजीगत खर्चमा पारदर्शिता र प्रभावकारिता अभिवृद्धि गर्दै खर्चलाई उपलब्धिमूलक बनाउने कार्य खर्च व्यवस्थापन हो । यो साधन–स्रोतको दक्षता अभिवृद्धि गर्ने कार्य हो । यसले सार्वजनिक खर्चलाई फराकिलो प्रभाव पर्ने, छिटोछरितो प्रतिफल दिने, प्राथमिकताका क्षेत्रमा साधन विनियोजन गर्न जोड दिन्छ ।
यसमा सुधार गर्नुपर्ने क्षेत्रहरू
– क. बजेट विनियोजन
– ख. बजेट निकासा
– ग. निर्णय प्रक्रिया
– घ. लेखा र लेखा परीक्षण
– ङ. वित्तीय सूचना प्रवाह
– च. अनुगमन र मूल्याङ्कन ।

२. प्रहरी महानिरीक्षकले गर्ने कार्यहरू के–के हुन् ? लेख्नुहोस् ।
सार्वजनिक शान्ति, सुरक्षा, प्रहरी सङ्गठनको सुधार, प्रहरी कर्मचारी व्यवस्थापन, विपत् व्यवस्थापनका कार्य, सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरमा सहभागितालगायतका कार्यहरू प्रहरी महानिरीक्षकका कार्य हुन् । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
क. सार्वजनिक शान्ति, सुरक्षासम्वन्धी कार्य
– सामाजिक सद्भाव बिथोल्ने, सुरक्षा प्रतिकूल, गैरकानुनी एवम् गम्भीर आपराधिक क्रियाकलाप र असाधारण अवस्थाको राजनीतिक गतिविधिसम्बन्धी प्रतिवेदन यथाशीघ्र गृह मन्त्रालयमा पठाउने,
– सुरक्षा प्रतिकूल, गैरकानुनी एवम् आपराधिक क्रियाकलापको रोकथाम तथा नियन्त्रण गर्नेसम्बन्धमा आवश्यक योजना तर्जुमा गरी प्रभावकारी रूपमा लागू गर्ने, गराउने,
– प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारिता अभिवृद्धि गर्नका लागि आवश्यक नीति तथा योजना बनाई कार्यान्वयन गर्ने, गराउने,
– मानवअधिकारको संरक्षण सम्बद्र्धन गर्ने, गराउने, असहाय, महिला तथा बालबालिकाका हक–अधिकार संरक्षणसम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने, गराउने,
– देशको आन्तरिक शान्ति सुव्यवस्थासँग सम्बन्धित विषयमा नेपाल सरकारलाई राय सल्लाह दिने,
– नेपाल सरकारबाट प्राप्त निर्देशनअनुरूप कार्यसम्पादन गरी प्रतिवेदन पेस गर्ने ।
ख. प्रहरी सङ्गठनको सुधार एवम् कर्मचारी व्यवस्थापनका कार्य
– प्रहरी प्रधान कार्यालय र सोमातहतका सबै प्रहरी कार्यालयहरूमा सामान्य नियन्त्रण, रेखदेख गर्ने र निर्देशन दिने, प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायव महानिरीक्षकहरूको काम–कारबाहीउपर उचित रेखदेख तथा नियन्त्रण गर्ने,
– प्रहरी सङ्गठनको काम–कारबाहीलाई प्रभावकारी बनाउन आदेशको शृङ्खलालाई प्रभावकारी रूपमा लागू गर्ने, गराउने, मातहत प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण कायम गर्ने, गराउने,
– प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्यदक्षता एवम् कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवम् मनोबल उच्च राख्न आवश्यक नीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने, गराउने,
– प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवालगायतका वृत्तिविकासका कार्य गर्ने, गराउने,
– प्रहरी सेवालाई समयानुकूल र जनमुखी बनाउन नीति एवम् योजना तर्जुमा गरी लागू गर्ने, गराउने,
– प्रहरी कर्मचारीहरूको पीर–मर्का व्यवस्थापनको उचित व्यवस्था गर्ने, गराउने,
– प्रहरी कर्मचारीहरूलाई आवश्यक पर्ने समयानुकूल प्रशिक्षणको व्यवस्था गर्ने,
– वर्षमा एकपटक प्रत्येक क्षेत्रभित्रका कम्तीमा तीन जिल्लाका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने र सोको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने,
– प्रहरी प्रशासनको वार्षिक प्रतिवेदन गृह मन्त्रालयमा पठाउने ।
ग. विपत् व्यवस्थापनका कार्य
– विपत् व्यवस्थापन र पीडितको उद्धार कार्यमा प्रहरीलाई तदारुकतासाथ संलग्न गराउने ।
घ. अन्तर्राष्ट्रियस्तरमा सहभागिताका कार्य
– सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको कार्यशाला, गोष्ठी, तालिम तथा अध्ययन आदिमा नेपाल प्रहरीको सहभागिताका लागि गृह मन्त्रालयसमक्ष राय एवम् सिफारिस पेस गर्ने,
– अन्तर्राष्ट्रिय समुदायबाट शान्ति स्थापनार्थ नेपाल प्रहरीको माग भई आएमा नेपाल सरकारबाट स्वीकृति भएबमोजिम खटाउने व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनसँग सम्पर्क तथा समन्वय कायम राख्ने,

३. वित्त कम्पनीले गर्न सक्ने बैङ्किङ तथा वित्तीय कारोबारहरू के–के हुन् ? उल्लेख गर्नुहोस् ।
नेपालमा बैङ्क तथा वित्तीय संस्थाको स्थापना, सञ्चालन, व्यवस्थापन, नियमन, निरीक्षण तथा सुपरीवेक्षणलाई व्यवस्थित गर्न तर्जुमा गरिएको बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन–२०७३ ले बैङ्क तथा वित्तीय संस्थालाई “क” वर्ग, “ख” वर्ग, “ग” वर्ग र “घ” वर्गमा विभाजन गरेको छ । जसमा वाणिज्य बैङ्क र पूर्वाधार विकास बैङ्कलाई “क” वर्ग, विकास बैङ्कलाई “ख” वर्ग, वित्त कम्पनीलाई “ग” वर्ग र लघुवित्त संस्थालाई “घ” वर्गमा राखेको पाइन्छ । यसैअन्तर्गत “ग” वर्गमा पर्ने वित्त कम्पनीले गर्न सक्ने बैङ्किङ तथा वित्तीय कारोबारलाई निम्नअनुसार उल्लेख गर्न सक्नेछ ः
– निक्षेप स्वीकार गर्ने, परिचालन गर्ने, भुक्तानी दिने,
– विद्युतीय उपकरणको माध्यमबाट निक्षेप स्वीकार गर्ने, भुक्तानी दिने, लेनदेन गर्ने, मध्यस्थताको काम गर्ने, रकमान्तर गर्नेलगायतका कार्य गर्ने,
– हायर पर्चेज, लिजिङ, हाउजिङजस्ता कर्जा दिने,
– आफ्नो चल–अचल सम्पत्ति धितो राखी कर्जा लिने,
– आफ्नो जायजेथाको उचित प्रबन्ध गर्ने, बिक्री गर्ने,
बहालमा दिने,
– विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रु चेक, ड्राफ्ट तथा अन्य वित्तीय उपकरण जारी गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउन्ट गर्ने, खरिद बिक्री गर्ने,
– विदेशी मुद्राको कारोबार गर्ने,
– नेपाल राष्ट्र बैङ्कबाट आवश्यकताअनुसार पुनर्कर्र्जा
लिने तथा
– अन्य बैङ्क एवम् वित्तीय संस्थाबाट कर्जा लिने दिने,
– प्रचलित कर्जा अपलेखन विनियमावलीको अधीनमा रही कर्जा अपलेखन गर्ने,
– पुँजी कोष पूरा गर्ने प्रयोजनका लागि सेयर, डिबेन्चर, ऋणपत्र आदि जारी गर्ने,
– नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र खरिद बिक्री गर्ने, सकार गर्ने,
– सवारीसाधन, मेसिन औजार, उपकरण, घरायसी टिकाउ सामान, त्यस्तै अन्य चल सम्पत्तिका लागि किस्ताबन्दी तथा हायर पर्चेज कर्जा उपलब्ध गराउने,
– ग्राहकको तर्पmबाट जमानतपत्र जारी गर्ने र सोबापत ग्राहकसँग आवश्यक सर्त गराउने, सुरक्षण लिने, चल–अचल सम्पत्ति धितो बन्धक लिने तथा तेस्रो व्यक्तिको जेथा जमानत लिने,
– आफ्नो सम्पत्तिको कुनै अंश वा पूरै बिक्री गर्ने, लिजमा दिने,
– ग्राहकको निमित्त कमिसन एजेन्ट भई सेयर, डिबेन्चर, सुरक्षणको जिम्मा लिने, खरिद बिक्री गरिदिने, सेयरको लाभांश, डिबेन्चर, सुरक्षणको व्याज आदि उठाइदिने र सोको लाभांश, मुनाफा, व्याज नेपालभित्र वा
विदेशमा पठाउने,
– विपन्न वर्ग, न्यून आय भएको परिवार, दैवीप्रकोप पीडित तथा मुलुकका कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानका लागि व्यक्तिगत तथा सामूहिक जमानीमा नेपाल राष्ट्र बैङ्कले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।

४. नेपालको संविधानले नेपालमा कृषि र भूमिसुधारसम्बन्धी के कस्तो नीति अङ्गीकार गरेको छ ? उल्लेख गर्नुहोस् ।
 नेपालको संविधानको धारा ५१ (ङ) ले नेपालमा कृषि र भूमिसुधारसम्बन्धी देहायको नीति अङ्गीकार गरेको छ ः
– भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्ने,
– किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने,
– अनुपस्थित भू–स्वामित्वलाई निरुत्साहित गर्ने,
– जग्गाको चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने,
– किसानको हकहित संरक्षण र सम्बद्र्धन गर्ने,
– कृषिको उत्पादन र उत्पादकत्व बढाउन भूउपयोग नीतिको अवलम्बन गर्ने,
– भूमिको व्यवस्थापन र कृषिको व्यवसायीकरण, औद्योगिकीकरण, विविधीकरण र आधुनिकीकरण गर्ने,
– भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनसमेतका आधारमा नियमन र व्यवस्थापन गर्दै त्यसको समुचित उपयोग गर्ने,
– कृषकका लागि कृषिसामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्ने ।

५. वातावरण व्यवस्थापनका लागि सरकारी, निजी क्षेत्र र सामुदायिक सङ्गठनहरूको भूमिका उल्लेख गर्नुहोस् ।
प्राकृतिक स्रोत–साधनहरूमा नकारात्मक प्रभाव नपारी सन्तुलन कायम गर्ने कार्य वातावरण व्यवस्थापन हो । यस कार्यमा सरकारी क्षेत्र, निजी क्षेत्र र सामुदायिक सङ्गठनहरूको ठूलो भूमिका हन्छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
सरकारी क्षेत्रको भूमिका
– वन–जङ्गल, जलाधार, पानी पोखरीको संरक्षण गर्ने,
– जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हरित् विकासको अवधारणा अवलम्बन गर्ने,
– विकास निर्माणमा वातावरणीय प्रभाव मूल्याङ्कन
अनिवार्य गर्ने,
– वायु प्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषण, भू–प्रदूषण, खाद्य प्रदूषण, औद्योगिक प्रदूषण रोक्न गुणस्तर तथा
मापदण्ड तय गर्ने,
निजी क्षेत्रको भूमिका
– सरकारले लागू गरेका नीति, कानुन तथा
मापदण्ड पालना गर्ने,
– उद्योग, कलकारखानाबाट निस्कने फोहोरको उचित
व्यवस्था गर्ने,
– वातावरणमैत्री सार्वजनिक निर्माणकार्य गर्ने,
– सामाजिक उत्तरदायित्व वहन गर्ने,
– सामुदायिक सङ्गठनहरूको भूमिका
– प्राङ्गारिक मलको प्रयोगमा जोड दिने,
– गाउँघरमा शौचालय र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने,
– वनविनाश हुनबाट रोक्ने,
– फोहोरमैलाको उचित व्यवस्थापन गर्न सहयोग गर्ने ।

६. संयक्त राष्ट्रसङ्घका उद्देश्यहरू के–के हुन् ? उल्लेख गर्नुहोस् ।
सन् १९४५ अक्टोबर २४ मा स्थापना भएको संयुक्त राष्ट्रसङ्घका उद्देश्य निम्न छन् ः
– अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नु,
– राष्ट्रहरूबीच मैन्त्रीपूर्ण सम्बन्ध विकसित गर्नु,
– राष्ट्रहरूबीच समानताको स्थिति सिर्जना गर्नु,
– अन्तर्राष्ट्रिय सहयोगलाई प्रोत्साहन गर्नु,
– मानवको मर्यादा र मूल्यमा अभिवृद्धि गर्नु,
– मानव समुदायलाई युद्धको प्रकोपबाट जोगाउनु,

७. पोषणयुक्त खानाका स्रोतहरू के–के हुन् ? उल्लेख गर्नुहोस् ।
शरीरलाई शक्ति प्रदान गर्न, शरीर वृद्धि गर्न एवम् शरीरको रक्षा गर्न आवश्यक पर्ने कार्बोहाइड्रेट्स, प्रोटिन, चिल्लो पदार्थ, खनिज, भिटामिन र पानीको सन्तुलित मात्रा भएको खाना पोषणयुक्त खाना हो । पोषणयुक्त खानामा पौष्टिक तŒव हुने गर्छ । शरीरका अङ्ग परिचालन गर्न एवम् रोगबाट बच्न पौष्टिक तŒवको आवश्यकता पर्छ । यसका स्रोतहरू निम्न छन् :
क. शरीरलाई शक्ति दिने खाना जस्तै : मकै, गहुँ, चामल, जौ, आलु, कोदो, फापर, घिउ आदि ।
ख. शरीर वृद्धि गर्ने खाना जस्तै : मासु, फुल, माछा, दुध, दाल, गेडागुडी आदि ।
ग. शरीरको रक्षा गर्ने खाना जस्तै : सागपात, फलफूल ।
प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा

. वित्त कम्पनीले गर्न सक्ने बैङ्किङ तथा वित्तीय कारोबारहरू के–के हुन् ? उल्लेख गर्नुहोस् ।

सन् १९४५ अक्टोबर २४ मा स्थापना भएको संयुक्त राष्ट्रसङ्घका उद्देश्य निम्न छन् : 
– अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नु,
– राष्ट्रहरूबीच मैन्त्रीपूर्ण सम्बन्ध विकसित गर्नु,
– राष्ट्रहरूबीच समानताको स्थिति सिर्जना गर्नु,
– अन्तर्राष्ट्रिय सहयोगलाई प्रोत्साहन गर्नु,
– मानवको मर्यादा र मूल्यमा अभिवृद्धि गर्नु,
– मानव समुदायलाई युद्धको प्रकोपबाट जोगाउनु,

७. पोषणयुक्त खानाका स्रोतहरू के–के हुन् ? उल्लेख गर्नुहोस् ।
शरीरलाई शक्ति प्रदान गर्न, शरीर वृद्धि गर्न एवम् शरीरको रक्षा गर्न आवश्यक पर्ने कार्बोहाइड्रेट्स, प्रोटिन, चिल्लो पदार्थ, खनिज, भिटामिन र पानीको सन्तुलित मात्रा भएको खाना पोषणयुक्त खाना हो । पोषणयुक्त खानामा पौष्टिक तŒव हुने गर्छ । शरीरका अङ्ग परिचालन गर्न एवम् रोगबाट बच्न पौष्टिक तŒवको आवश्यकता पर्छ । यसका स्रोतहरू निम्न छन् : 
क. शरीरलाई शक्ति दिने खाना जस्तै : मकै, गहुँ, चामल, जौ, आलु, कोदो, फापर, घिउ आदि ।
ख. शरीर वृद्धि गर्ने खाना जस्तै : मासु, फुल, माछा, दुध, दाल, गेडागुडी आदि ।
ग. शरीरको रक्षा गर्ने खाना जस्तै :सागपात, फलफूल ।

-गोरखापत्रबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप