बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा एकैदिन अस्पताल भर्ना भए १ लाख १९ हजार कोरोना संक्रमित, बेलायतमा ४० देशले लगाए यात्रा प्रतिबन्ध

बिहीबार, ०९ पुस २०७७, ०९ : ५२
बिहीबार, ०९ पुस २०७७

संसारभरी कोरोना संक्रमितको संख्या ७ करोड ९० लाख पार भएको छ । यस्तै ५ करोड ५६ लाखभन्दा बढी निको भइसकेका छन् । यस्तै हालसम्म १७ लाख ३६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यो आँकडा वर्ल्डोमिटर्सले जारी गरेको हो । अमेरिकामा खोप अभियान सुरु भइसकेको छ तर अस्पताल भर्ना हुनेहरुको आँकडा तीब्र रुपमा बढिरहेको छ । बुधबार मात्रै यहाँ १ लाख १९ हजार ४६३ संक्रमितलाई अस्पताल भर्ना गरिएको छ । बेलायतमा कोरोनाका नयाँ भेरियन्ट (प्रकार) का कारण हालसम्म ४० देशले यात्रा प्रतिबन्ध लगाइदिएको छ ।

अमेरिकामा बढ्यो समस्याः

अमेरिकामा बुधबार अस्पतालमा भर्ना हुने संक्रमितको संख्यामा पुनः वृद्धि भएको छ । एक दिनमा १ लाख १९ हजारभन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् । सीएनएनले यो जानकारी कोभिड ट्र्याकिङ प्रोजेक्ट (सीटीपी) का अधिकारीलाई उद्धृत गर्दै दिएको छ । पछिल्लो २२ दिनदेखि अमेरिकामा अस्पतालमा भर्ना हुने बिरामीके संख्या एक लाखभन्दा बढी छ ।

यसअघि मंगलबार १ लाख १७ हजारलाई अस्पताल भर्ना गरिएको थियो । क्यालिफोर्नियाको स्थिती सबैभन्दा खराब छ । यहाँ अस्पतालमा मेकशिफ्ट वार्ड बनाइँदैछ । यसमा बिरामीलाई राखिँदैछ ।

जनवरीसम्म ४ लाखभन्दा बढीको मृत्युको आशंकाः

सीएनएनको एक रिपोर्ट अनुसार अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ जनवरीसम्म ४ लाख १९ हजारभन्दा बढी भएको छ । सीएनएले यो जानकारी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनलाई उद्धृत गर्दै दिएको छ । यसमा मृत्युको गती यस्तै रहे १६ जनवरी २०२१ सम्म मृतकको संख्या ३ लाख ७८ हजारदेखि ४ लाख १९ हजारसम्म पुग्नेछ । अहिलेसम्म ३.३४ लाखको मृत्यु भइसकेको छ ।

इटलीमा बजार शून्यः

क्रिसमसमा युरोपेली देशमा अत्यधिक भीड हुने गर्दथ्यो विशेषग।ी इटलीमा यसपटक सबै फिक्का र बेरंगी छ । यहाँको बजारमा चहलपहल शून्य प्राय छ । यहाँ न त पसल खोलिएका छन् न मानिसहरुको आवतजावत नै छ । बेलायतमा कोभिड–१९ को नयाँ भेरियन्ट भेटिएपछि मानिसहरु निकै डराएका छन् । सरकारले पनि स्पष्ट भनिसकेको छ कि अबका दिनमा प्रतिबन्धमा कुनै राहत दिइने छैन । भेटिकन सिटीमा पनि सन्नाटा छाएको छ ।

बेलायतमा मुश्किल बढ्योः

बेलायतमा कोभिड–१९ को नयाँ भेरियन्ट पाइएपछि समस्या बढेको छ । हालसम्म ४० देशले यहाँ यात्रा प्रतिबन्धको घोषणा गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप