शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फोक्सोलाई स्वस्थ राख्न खानै नहुने ४ चीज

बिहीबार, ०९ पुस २०७७, ११ : ३६
बिहीबार, ०९ पुस २०७७

एजेन्सी - फोक्सोलाई स्वस्थ राख्नका लागि डाइट जरुरी हुन्छ । धुम्रपानको धुँवा र वातावरणको प्रदुषित हावाका कारण फोक्सोमा समस्या आउँछ । साथै, फोक्सोलाई समेत कमजोर बनाउँछ ।

फोक्सोले अक्सिजनलाई फिल्टर गर्ने काम गर्छ । त्यसैले शरीरलाई स्वस्थ राख्न र बिना रोकावट काम गर्नका लागि फोक्सो स्वस्थ हुनुपर्छ । त्यसैले पोषक तत्वको सेवन गर्नु आवश्यक छ । त्यसैले फोक्सोलाई हानी गर्ने केही चीजहरु खानु विषसमान हुन्छ । 

प्रोसेस्ड मासु 

अनुसन्धानकर्ताका अनुसार प्रोसेस्ड गरिएको मासुलाई सुरक्षित राख्नको लागि प्रयोग गरिने नाइट्राइटले फोक्सो सुन्निने र फोक्सोमा तनाव पैदा गर्ने काम गर्छ । 

मद्यपान

कलेजो र फोक्सोका लागि मद्यपान गर्नु अत्यन्तै नोक्सानदायक हुन्छ । मद्यपानले सल्फेट्स दमका लक्षणहरुलाई झनै खराब गर्छ । र मद्यपानमा हुने इथेनाइलले फोक्सोका कोशिकाहरुलाई कमजोर बनाउँछ । अत्यधिक मद्यपानले निमोनिया र फोक्सोमा अन्य संक्रमणहरु हुने सम्भावना हुन्छ । 

धेरै नुन

अत्यधिक नुन खानु फोक्सोका लागि बेफाइदा हुन्छ । जसले अत्यधिक नुन सेवन गर्छ त्यस्ता व्यक्तिलाई दीर्घकालीन रुपमा ब्रोंकाइटिसको समस्या हुनसक्छ । साथै, धेरै सोडियमले दमको समस्या पनि पैदा गर्छ । 

सुगन्धित पेयपदार्थ 

फोक्सोलाई स्वस्थ राख्नका लागि सुगन्धित पेयपदार्थ पिउनु हुँदैन । सुगन्धित र सफ्ट पेयपदार्थ पिउने बानीले फोक्सोमा विभिन्न समस्या पैदा गराउँछ । यदि धुम्रपान गर्ने बानी छ र सफ्ट पेयपदार्थ पिउने बानी छ भने फोक्सोलाई विभिन्न समस्या पैदा गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप