शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हामी त फुट्यौँ कमरेड

शनिबार, ११ पुस २०७७, १२ : १९
शनिबार, ११ पुस २०७७

 

 

 

–हेमराज ढकाल ‘सुमन’

हामी त फुट्यौँ कमरेड 
धुम्बाराही र पेरिसडाँडा नजाने गरी
एकअर्काको मुहार नहेर्ने गरी 
भुलेर ती समाजवादका सपना
सहिदका रगत र बलिदानहरु
हामी फुट्यौँ कमरेड ।

मार्क्स, माओ र लेलिनका सिद्धान्त 
पुप्पलाल, मदन र मनमोहनका विचार 
यी सबैलाई टोकरी हालेर फेरि 
दर्शन र सिद्धान्तभन्दा पनि हामीलाई 
पद, शक्ति अनि पैसा ठूलो भो 
त्यसैले त हामी फुट्यौँ कमरेड ।

गरिबको झुपडीमा दियो जलाउन
गणतन्त्रलाई बलियो बनाउन
कठै ! हाम्रो नीति भयो बदनाम 
खै मेरो भाग भन्दै आफू–आफैँ लड्दै 
दुनियाँलाई रमिता देखाएर सधैँ
हामी त फुट्यौँ आज ।

रेल, तेल, ग्याँस सबैमा भयो झेल
त्यो अमूल्य मतको मर्म नबुझी 
गुटबन्दी र भागबन्डाको खेल खेल्दा 
मैदानमा आफैँ पछारिँदा पनि हामीलाई 
चेतना बुद्धि र विवेक नआउँदा कहिल्यै 
हामी टुक्राटुक्रा भएर फुट्यौँ आज ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा