ओलीको कदमविरुद्ध जसपाले निकाल्यो मसाल जुलुस, प्रहरी हस्तक्षेप (तस्बिरहरु)
शनिबार, ११ पुस २०७७, १८ : ०२

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले प्रहरी हस्तक्षेपका बीच शनिबार राजधानीमा मसाल जुलुस निकालेको छ । सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक हर्कत’ विरुद्ध मसाल जुलुस निकालिएको जसपाले जनाएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तपक्षेप गरेको थियो । सो क्रममा प्रहरी र जसपाका कार्यकर्ताबीच घम्साघम्सी भएको थियो ।
प्रधानमन्त्री ओलीले पुस ५ गते राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए भने राष्ट्रपतिबाट सोही दिन प्रतिनिधिसभा विघटन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा