शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जाने हो त चीनको हिउँ फेस्टिभल हेर्न

शनिबार, ११ पुस २०७७, २२ : ४३
शनिबार, ११ पुस २०७७

चीनको हेलॉन्जियांग प्रांतको हार्बिन शहरमा विश्वकै सबैभन्दा ठूलो 'आइस एंड स्नो  फेस्टिभल''  प्रारम्भ भएको छ।  कोरोना महामारीले पनि यस 'फेस्टिभल' को भव्यतामा कुनै असर परेको छैन।

दस हज़ारभन्दा बढी कलाकारले १८ दिनसम्मको कठोर परिश्रम गरेर यहाँ हिउँका महल, मूर्ति र अन्य धेरै किसिमका कलाकृति बनाएका छन्।

'आइससिटी'का नामले विख्यात चीनको हार्बिन शहरमा हुने यस 'फेस्टिभल'लाई हेर्न  विश्वभरीबाट करोडो पर्यटक आउने गर्छन्।  यसपटक कोरोनाको त्रासका कारण यहाँ आउने पर्यटकको संख्यामा कमी आउने अनुमान गरिएको छ।

चीनको उत्तरी सीमानामा रहेको हेलॉन्जियांग प्रांतको हार्बिन शहरको आबादी झण्डै एक करोड़को हाराहारीमा रहेको छ। आबादीका हिसाबले यो चीनको आठौ नम्बरको  ठूलो शहर हो।

यस शहरमा हार्बिन 'इंटरनेसनल आइस एंड स्नो फेस्टिभल' को प्रारम्भ १९८५ मा भएको थियो।  हार्बिन शब्दको चीनिया भाषामा अर्थ 'माछा समाउने जाल सुकाउने स्थान' हुन्छ।

 यस पटक झण्डै ६ लाख स्क्वायर मीटर क्षेत्रफलमा हिउँबाट एक सयभन्दा बढी विभिन्न कलाकृति बनाइएका छन्।  हिउँबाट बनेका कलाकृति माथि   रात्रिको समयमा ३ डी लाइटबाट प्रकाश हालिन्छ। हिउँका कलाकृतिमा प्रकाशले मनमोहक दृश्य सृजना गर्छ।  यसै कारण यहाँ रात्रिमै पर्यटकको घुइँचो लाग्छ।

हार्बिन शहर अति चिसो ठाउँ हो। जाडोमा यहाँको तापमान माइनस ३५ डिग्री सेल्सियस सम्म पुग्छ।  यसै तापमानका कारण हिउँले बनेका कालकृति लामो  समयसम्म टिक्छन्।

'फेस्टिभल'मा विभिन्न कलाकृति तैयार गर्न देश विदेशबाट हज़ारौं कलाकार आउने गर्छन्। हार्बिन  पुगेका कलाकारले  यहाँ बग्ने सोमहुआ नदी  चिसोका कारण हिउँमा बदलिएको हुन्छ । त्यही नदीबाट हिउँ झिकेर विभिन्न कलाकृति तैयार पार्छन्।  यस 'फेस्टिभल'मा प्राकृतिक हिउँ मात्रै प्रयोगमा ल्याइन्छ।

मानव निर्मित हिउँमा अशुद्धि र हावा मिश्रित भएका कारण यो कलाकृति निर्माण गर्न पर्याप्त बलियो हुन्न। यस 'फेस्टिभल'मा कलाकृति निर्माण गर्न निश्चित मापदण्ड तोकिएको छ।  मापदण्ड अनुसार नदीबाट झिकिएको हिउँको आकार ८० सेंटीमीटर चौड़ा, ४० सेंटीमीटर मोटो र १२० सेंटीमीटर लामो हुनु पर्छ।

यस पटकको 'आइस एंड स्नो फेस्टिभल' ६ भागमा विभाजित रहेको छ।  यहाँ रूस ,ग्रीस लात्विया लगायत कैयन देशका प्रसिद्ध कलाकृति र संरचनाको हिउँबाट दुरुस्त नक्कल तैयार पारिएको छ।

चीनको सिन्ह्वा न्यूज एजेंसीका अनुसार सन २०१७ मा यहाँ १.८ करोड़ र २०१८ मा २ करोड़ पर्यटक पुगेका थिए।  यसपटक भने कोरोनाका कारण पर्यटक संख्यामा ह्रास आऊंन  सक्छ।  'फेस्टिभल' को प्रवेश शुल्क  १०० युआन राखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप