शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

औषधी लिमिटेडको महाप्रबन्धकमा तीन जनाको नाम सिफारिस

आइतबार, १२ पुस २०७७, १६ : ३०
आइतबार, १२ पुस २०७७

काठमाडौं । नेपाल औषधी लिमिटेडको महाप्रबन्धकमा तीन जना सिफारिस भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा गठित महाप्रबन्धक छनोट तथा सिफारिस समितिले ह्वाङ्दी ८, गुल्मीका अर्जुन अर्याल, राजपुर २, रौतहटका मोहम्मद सफिउल्लाह र महालक्ष्मी ८, ललिपुरका राजकुमार थापालाई महाप्रबन्धकमा सिफारिस गरेको हो ।

आइतबार एक सूचना गर्दै मन्त्रालयले ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका, २०७७’ को दफा ८ को १ बमोजिम गठित सिफारिस समितिको गत पुस ८ गतेको सिफारिस अनुसार उम्मेदवारहरुको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तामा उच्चतम अंकका आधारमा वर्णानुक्रम अनुसार उम्मेदवार सिफारिस गरिएको बताएको छ । 

मन्त्रालयले हाल रिक्त रहेको लिमिटेडको महाप्रबन्धक पदपूर्तिका लागि गत भदौ ३ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको थियो । उक्त सूचना मार्फत परेका दरखास्तबाट लिखित मौखिक तथा प्रयोगात्मक परीक्षाबाट उत्तीर्ण भएका अन्तिम तीन उम्मेदवारको नाम मन्त्रालयले सिफारिस गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप