बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा विमानस्थलका चिनियाँ कामदार कोरोना खोप लगाएर फर्किए

आइतबार, १२ पुस २०७७, १८ : ३२
आइतबार, १२ पुस २०७७

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन् । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् ।

चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाई एक महिना आराम गर्ने अवधि पुरागरेपछि मात्रै जान दिइने व्यवस्था गरिएको छ । सरकारी प्रावधान पुरा गरी चिनियाँ कामदार नेपाल आएका हुन् । उनीहरुले ंसंक्रमणलाई ध्यान दिई पिपिई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र कार्यस्थलसम्म नपुग्दासम्म उच्च सुरक्षा सावधानी अपनाउने बताइएको छ ।

यसरी चीनबाट सुरक्षा सावधानीसाथ नेपाल प्रवेश गरेसँगै अन्य देशबाट पनि कोरोना खोप लगाई नेपाल आउने बाटो खुल्ला भएको छ । कोरोना खोप लगाएका कुनै पनि विदेशी नागरिक नेपाल भित्रिने क्रम बढेमा आगामी दिनमा पर्यटन क्षेत्र पनि लयमा फर्किने पर्यटन व्यवसायीहरु बताउँछन् । चीनबाट यसपटक कोरोना विरुद्धको खोप लगाएका ५२ जना कामदार नेपाल आएका हुन् । थप कामदार पनि कोरोना खोप लगाएर नेपाल आउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप