शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण कोरियामा पनि देखियो नयाँ रुपको कोरोना : १३ देशमा फैलिइसक्यो !

सोमबार, १३ पुस २०७७, १४ : ३५
सोमबार, १३ पुस २०७७

बेलायतमा सबैभन्दा पहिले देखिएको नयाँ रुपको कोरोनाभाइरसको संक्रमण दक्षिण कोरियामा पनि देखापरेको छ ।

लण्डनबाट गत डिसेम्बर २२ मा आएका व्यक्तिमा सो संक्रमण फेला परेको कोरियाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सी –केडीसीए)ले जनाएको छ ।

यो सँगै दक्षिण कोरियाले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई झनै तीब्र बनाएर लैजाने भएको छ ।

त्यसो त कोरियामा गत शुक्रबार १२४१ जना कोरोना संक्रमित फेला परेको थियो ।  त्यो संख्या घटेर आइतबार रातिसम्ममा ८०८ जना मात्रै संक्रमित फेला परेका थिए ।

उता, बेलायतभन्दा फरक खालको तर नयाँ रुपको कोरोनाभाइरसको संक्रमण दक्षिण अफ्रिकामा पनि देखापरिसकेको छ । अहिले त्यहाँ कोरोनासंक्रमण तीब्र रुपमा फैलिइँदै गइरहेको छ । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, सोमबारसम्ममा दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १० लाख ४ हजार ४ सय ४३ पुगिसकेको छ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार मात्रै २३ खरब अमेरिकी डलर (२.३ ट्रिलियन) रकम महामारी कोषको लागि स्वीकृत गरिसकेको छन् । यो रकम कोरोनाका कारण प्रभावित अमेरिकीहरुको उद्दारमा खर्च गरिनेछ ।

अहिलेसम्म तीनथरि नयाँ रुपको कोरोना संसारभरिका १३ देशहरुमा देखापरिसकेको छ ।

ती देशहरुमा अस्ट्रेलिया, डेनमार्क, क्यानडा, फ्रान्स, इटाली, जापान, जोर्डन, लेवनान, नेदलल्याण्ड्स, नाइजेरिया, सिंगापुर, स्पेन, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्वीडेन र बेलायत छन् ।

सबैभन्दा पहिले डिसेम्बर १४ मा बेलायतमा देखापरेको नयाँ रुपको कोरोनाभाइरसको नाम भीयुआइ–२०२०१२÷०१ राखिएको छ ।  यसैलाई कसै कसैले चाहिँ बी११७ पनि भन्ने गर्छन् । उता दक्षिण कोरियामा गत हप्ता देखापरेको नयाँ रुपको कोरानाभाइरसलाई ५०१–भी२ नाम दिइएको छ । त्यसैगरी नाइजेरियामा देखापरेको नयाँ रुपको कोरोनाभाइरसलाइ पी६८१एच नाम दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप