शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजेश खन्नाको जन्मदिनमा आउँथ्यो फूलले भरिएको ट्रक, ट्विङ्कलले सोच्थिन् यसो

मङ्गलबार, १४ पुस २०७७, ०८ : ४७
मङ्गलबार, १४ पुस २०७७

पिता र छोरीको जन्म एकैदिन पर्नु एउटा ठूलो संयोग हो । २९ डिसेम्बर यस्तै ती विशेष मितिमध्ये हो जब बलिउडका दिग्गज कलाकार राजेश खन्ना र उनकी छोरी ट्विङ्कल खन्नाको जन्म एकैदिन परेको थियो । राजेश खन्नाको जन्म २९ डिसेम्बर १९४२ मा अमृतसरमा भएको थियो । उनको जन्मदिनको मौकामा उनकी छोरी ट्विङ्कलसँग उनको विशेष सम्बन्धबारे कुरा गरौं । 

राजेश खन्नाले सन् १९७३ मार्चमा डिम्पल कपाडियासँग विवाह गरेका थिए । उनका दुई छोरी ट्विङ्कल र रिंकी खन्ना । ट्विङ्कलसँग उनका पिता राजेश खन्नाको सम्बन्ध निकै विशेष रह्यो । यो कुरा ट्विङ्कल आफैंले सोसल मिडिया पोस्टमार्फत् साझा गरेकी छिन् । 

राजेश खन्ना एक जमानाका सबैभन्दा ठूला सुपरस्टार थिए । उनको जस्तो स्टारडम दशकौंमा मुश्किलले एकजनाले पाउँथे । उनको यो स्टारडमसँग उनको परिवार राम्रोसँग परिचित थिए र ती दिनमा आफ्नो घर बाहिर प्रशंसकको भीड हेर्ने गर्दथे । राजेशको जन्मदिनमा त स्थिती विशेष नै हुन्थ्यो । एक घटनाको कुरा गर्दै ट्विङ्कलले आफ्नो एउटा सबैभन्दा ठूलो भ्रमबारे बताएकी थिइन् । 

ट्विङ्कल खन्नाले दुई वर्ष अघि सन् २०१८ मा आफ्नो बुवाको जन्मदिनमा एउटा फोटो सेयर गरेकी थिइन् । यससँगै उनले एउटा किस्सा सेयर गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘जब म सानी थिएँ तब जन्मदिनमा फूलले भरिएको ट्रक आउँथ्यो । यी फूल पापाका लागि आउँथ्यो तर यो मेरो लागि आएको भनेर मलाई मनाइन्थ्यो ।’

ट्विङ्कलको यो गलत बुझाई पछि हट्यो । उनले पछि थाहा पाइन् कि यी फूल उनका पितालाई उनका प्रशंसकले पठाउने गर्दथे । ट्विङ्कल र उनका पिताबीचको सम्बन्ध निकै सुमधुर थियो । उनले आफ्नो पितामा मात्रै उनको मन दुखाउने ताकत भएको बताएकी थिइन् । यसबारे ट्विङ्कलले एउटा पोस्ट लेखेकी थिइन् । 

उनले बुवाको मुख हेर्ने दिनमा एउटा पोस्ट सेयर गरेकी थिइन् जसमा उनले लेखेकी थिइन्, ‘उहाँको ३१ औं जन्मदिनमा मेरो जन्म भयो त उहाँले (राजेश खन्ना) ले मेरी आमालाई उनका लागि म संसारको सबैभन्दा उत्कृष्ट उपहार हुँ भन्नुभएछ । उहाँले मलाई टिना बाबा भनेर बोलाउनुहुन्थ्यो । कहिले बेबी भन्नुभएन । र त्यतिबेला मैले मेरो हुर्काइ अन्य किशोरीभन्दा भिन्न तरिकाले भइरहेको छ भन्ने कुरामा ध्यान नै दिइनँ ।’

ट्विङ्कल खन्नाले यो आर्टिकलमा लेखे, ‘उनी एक्ला व्यक्ति थिए जसमा मेरो मन तोड्ने शक्ति थियो ।’ ट्विङ्कलले यो आर्टिकल आफ्नो डिजिटल मिडिया वेबसाइट ट्विक इन्डियाका लागि लेखेकी थिइन् ।

राजेश खन्नाको फिल्मी यात्राको कुरा गर्नुपर्दा उनका फिल्म र उनको अभिनयले बलिउडलाई एक नयाँ आयाम दिएका थिए । सन् १९६५ मा फिल्मफेयर र युनाइटेड प्रोड्युसर्सद्वारा गरिएको एक ट्यालेन्ट हन्ट शोमार्फत् राजेश खन्ना छानिएका थिए । 

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार थिए । उनी पहिलो यस्ता नायक थिए जसलाई सुपरस्टारको उपमा दिइयो । यो फिल्म आराधना ब्लकबस्टर हिट भएपछि भएको हो । क्रिटिक्सले उनलाई भारतीय सिनेमाको पहिलो सुपरस्टार बताएका थिए । 

उनी भारतका पहिलो तथा एक्ला नायक हुन् जसले एकपछि अर्को गर्दै लगातार १५ सोलो हिट फिल्म दिएका थिए । सन् १९६९ देखि १९७१ मा रिलिज भएका उनका सबै फिल्म हिट भए । उनको यो रेकर्ड आजसमम कसैले पनि तोड्न सकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप