शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेसारको अत्यधिक सेवन यी व्यक्तिका लागि घातक

मङ्गलबार, १४ पुस २०७७, १२ : ३८
मङ्गलबार, १४ पुस २०७७

एजेन्सी । बेसारको सेवन हितकारी मात्र होइन हानिकारक पनि हुन्छ । बेसारको सेवनले शरीरमा कैयन् फाइदाहरु गर्छ । तर केही व्यक्तिहरुका लागि यसको सेवन हानिकारक हुन्छ । केही व्यक्तिहरुले अत्यधिक बेसार सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न पनि सक्छ । 

जण्डिस 
जो व्यक्तिहरुलाई जण्डिसको समस्या देखिएको छ त्यस्ता व्यक्तिहरुले बेसारको सेवन गर्नुहुँदेन । जण्डिसमा बेसारको सेवन अत्यधिक हानिकारक हुन्छ । जण्डिस भएको समयमा बेसार सेवन गर्दा जण्डिस निको हुन मुश्किल हुन्छ । जण्डिस निको भएपछि भने डाक्टरको सल्लाहअनुसार बेसार सेवन गर्न सकिन्छ । 

पथ्थरी
यदि पथ्थरी भएको छ भने बेसारको सेवन गर्नुहुँदैन । विशेषगरी पित्ताशयमा पथ्थरी हुनेहरुले बेसार सेवन गर्दा पथ्थरी बढ्ने र यसले थप समस्या पैदा गर्न सक्छ । 

रक्तस्रावमा समस्या 
यदि रगत पातलो भएको छ भने शरीरभित्रको रगत बेसारको सेवनले झनै पातलो बनाइदिन्छ । जसले नाकबाट अचानक रगत बग्ने खतरा देखापर्छ । बेसारको सेवन कम मात्रामा तर नियमित गर्नुपर्छ किनकी बेसारले रगत बाक्लो हुने र जम्ने खतराबाट बचाउँछ । 

गर्भवती महिलाका लागि 
डाक्टरको सल्लाहअनुसार गर्भवती महिलाहरुमा रोग प्रतिरोधात्मक क्षमता तन्दुरुस्त राख्नका लागि बेसारको सेवन गर्नहुँदैन । किनकी बेसारले गर्मी पैदा गर्ने र गर्भपतन पनि हुन सक्ने तथा रक्तस्राव पनि धेरै हुन सक्ने जोखिम हुनसक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप