शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ वर्षको अवसरमा भिजिट भिसामा रहेका यूएईका पर्यटकहरुको एक महिना भिसा थप

मङ्गलबार, १४ पुस २०७७, १४ : ५४
मङ्गलबार, १४ पुस २०७७

यूएई । यूएई सरकारले नयाँ वर्ष २०२१ को अवसरमा भिजिट भिसामा रहेका पर्यटकहरुलाई एक महिना भिसा समय अवधि थप गरिदिने निर्णय गरेको छ।

यूएईका प्रधानमन्त्री तथा दुबईका शासक शेख मुहम्मद बिन रासिद अल मक्तुमले भिसा समय अवधि कुनै प्रशासनिक शुल्क विना आजदेखि एक महिना थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीलाई उदृत गर्दै गल्फ न्युजमा समाचार छापेको छ।

तर यो नियम भिसा समय अवधि भएको पर्यटकहरुको हकमा मात्र लागु हुनेछ।

विश्वका केही मुलुकहरुले आफ्नो हवाइमार्ग बन्द गरेकोले  दुबई आएका पर्यटकहरु समयमा गन्तव्य देश फर्किन नसकेको समाचारमा उल्लेख गरिको छ। यो निर्णयले दुबई घुम्न आएका पर्यटक र तिनका परिवारलाई अंग्रेजी नयाँ वर्षको उपहार स्वरुप मिल्ने सरकारले बताएको छ।

उक्त निर्णयबाट दुबई भ्रमणमा आएका हजारौँ नेपाली लगायत अन्य देशका पर्यटकहरुलाई राहात मिल्ने अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप