‘विनाशकाले विपरित बुद्धि’ को शैलीमा प्रतिनिधिसभा विघटन: खिमलाल देवकोटा
![‘विनाशकाले विपरित बुद्धि’ को शैलीमा प्रतिनिधिसभा विघटन: खिमलाल देवकोटा](https://rpcdn.ratopati.com/media/albums/khimlal-pokhara_IpfP2gBh3v.jpg)
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका नेता खिमलाल देवकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विनाशकाले विपरित बुद्धि’को शैलीमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । पार्टीद्वारा घोषित देशव्यापी विरोध कार्यक्रम अन्तर्गत मंगलबार पोखरामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता देवकोटाले प्रतिनिधिसभा विघटन गर्नु संविधानको दृष्टिकोणले असंवैधानिक र राजनीतिक हिसाबले अराजनीतिक कदम रहेको बताए । उनले अगाडि भने, ‘नैतिक हिसाबले यो अनैतिक कदम हो र राष्ट्रका हिसाबले राष्ट्रघाती हो ।’
राजनीतिक अस्थिरता कारण नेपाल पछाडि रह्यो भन्ने कुरामा कुनै सत्यता नरहेको पनि उनले दावी गरे । उनले भने, ‘संविधानको बलात्कार भएको छ । चिरहरण गरिएको छ । प्रधानमन्त्रीले चाहनेबित्तिकै संसद विघटन हुँदैन । संसदले म आफै मर्छु भन्नुपर्छ ।’
पार्टीका अर्का नेता तथा प्रदेशसभा सदस्य राजकाजी गुरुङले केपी ओलीबाट जनताको विश्वासमाथि कुठाराघात भएको आरोप लगाए । उनले भने, ‘म निवेदन गर्छु पदसँग विचार नसाट्नुस् । हामीले कास्कीलाई लालकिल्ला बनायौं । यत्रो जित्दा कास्कीबाट एउटा मन्त्री छैनन् । तर हामीलाई गुनासो छैन । संसद र पार्टी कमिटीमा फेस गर्न नसक्नु बहुदलीय जनवाद माथि कुठाराघात हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एबी डे भिलियर्स भन्छन्– ‘कप्तान बनाउन आरसीबीसँग विराट कोहलीको विकल्प छैन’
-
एमाले नेता कुइँकेल जोडिएको पशुपतिको ४६ करोडको भ्रष्टाचार मुद्दा टुङ्गो लगाउँदै सर्वोच्च
-
सवारी चालकको चाबी खोस्ने ट्राफिकको कार्य विरुद्धको रिट खारेज
-
रवि छामिछानेको तेस्रो दिनको बहस सुरु
-
हवाई टिकट घट्दा ईपीएसमार्फत कोरिया जाने प्रति श्रमिकको ७३ हजार जोगियो
-
अमेरिकाले ग्रिनल्याण्ड कब्जा गर्नेमा ढुक्क छन् ट्रम्प