शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'ग्लोबल वार्मिंग'ले जल प्रलय निम्त्याउँछ अथवा पृथ्वीलाई मरुभूमिमा परिणत गर्छ ?

बुधबार, १५ पुस २०७७, ०४ : ०६
बुधबार, १५ पुस २०७७

तपाईंहरुले 'ग्लोबल वार्मिंग'का बारेमा सुन्नु नै  भएको होला।  साथै यो पनि सुन्नु भएको होला 'ग्लोबल वार्मिंग'का कारण ध्रुवहरुमा जमेर रहेको  हिउँ पग्लिएर समुद्रको जलस्तर बढ़न गई संसारका धेरै शहर जलमग्न हुन्छन्। ठुलाठूला वैज्ञानिक, चर्चित मिडिया, तथानामका एनजीओ - आइएनजीओ लगायत आफ्नै वरिपरिका प्रबुद्ध वर्गको यस्तै चिन्ता र चर्चा सुनेर तपाईं पनि जल प्रलयको काल्पनिक आतंकबाट ग्रस्त भएको हुनुहुन्छ कि ?

एउटा काम गर्नुस् - १०० केजी बरफ (आइस ) को बन्दोबस्त गर्नुस्।  ५ लीटर क्षमता भएको एउटा भाँडो तपाईंको आफ्नै भान्साघरमा छ। भाँडामा अटने जति 'आइस' राखेर ग्यास चूल्हो बालेर राखिदिनुस्।  विस्तारै विस्तारै बरफ पग्लिन थाल्छ।  पुरै पग्लिन दिनुस। बरफ पुरै पानीमा बदलिएपछि त्यसमा आफूसँग भएको 'आइस'का टुक्रा हाल्दै जानुस्।   वाष्पीकरण हुन दिनुस् र क्रमशः बरफका टुक्रा पनि हाल्दै जानुस्। ८-१० घण्टा मै तपाईंसँग न त 'आइस' नै हुनेछ न 'आइस'  पग्लिएर बनेको पानी नै।

पृथ्वीका ध्रुव , समस्त ग्लेसियर र हिमालहरुमा रहेको जम्मै हिउँ नै पग्लिएर बग्दै समुद्रमा मिसिएको खण्डमा  पनि समुद्रको  जलस्तर अहिलेको भन्दा जम्मा  झण्डै ७० मीटर  जति बढ़ने छ।  अब आफैँ अनुमान गर्नुस् समुद्र तलबाट ७० मीटरको ऊचाई  भनेको कति  हो ? तपाईं समुद्र तलबाट कति अग्लो स्थानमा बसिरहनु भएको छ।

तपाईं बसेको देश अथवा शहरको अधिकतम तापमान कति हो ? यसबारे केही भन्नु परिरहेन तर पृथ्वी कै औसत तापमान कति हो यसबारे तपाईंलाई थाहा हुनुपर्छ। बीसौं शताब्दीमा पृथ्वीको औसत तापमान १४ डिग्री सेन्टीग्रेड थियो। विगतका शताब्दीमा वृद्धि हुँदै १४ डिग्री हुन आएको थियो।  यसमा क्रमशः वृद्धि हुँदै गइरहेको छ। वैज्ञानिकहरु अनुमान गर्छन्– यसरी क्रमशः तापमान बढ्दै गएमा संसारको जम्मै हिउँ पग्लिएर जलप्रलयको स्थिति आउँ५।

हिन्दू धर्मका पुराण कथामा पनि जलप्रलयको वर्णन रहेको छ। त के पृथ्वीको तापमान बढ्दै गएमा जमेर बसेको हिउँ पग्लिएर जलप्रलय हुने संभावना छ ? स्मरण रहोस् यहाँ चर्चा पृथ्वीमा जमेको हिउँ पग्लिएर त्यो स्थिति आउन सक्ने सम्भावनाबारे उल्लेख गरिएको छ। पृथ्वी बाहिर कतैबाट जल आएर हुने प्रलयको होइन।

हज्जारौं वर्ष पहिलाको चर्चा नगरेर वर्तमान कै चर्चा गरौं।  पृथ्वीको औसत तापमान १४ डिग्री सेन्ट्रीग्रेडको हाराहारीमा हुँदा हिउँ पग्लिने अनुपात बढेर पानी निर्मित हुँदै बग्दै समुद्रमा पुगी जलस्तर बढ्दै छऽ यसमा कुनै शंका छैन । तर पृथ्वीको तापमान १४ डिग्री हुँदा जति पानी वाष्पीकृत भएर विलुप्त हुन्छ, तापमान बढ्दा वाष्पीकरणको प्रक्रिया पनि त झनै सक्रिय भएर अझ तीव्र हुन्छ। पानीको स्तर जति बढ्छ, हिउँ पग्लिदा तापमान बढ्नाले वाष्पीकरण प्रक्रियाबाट  पानी वायुमण्डलमा रुमल्लिने भएकोले त्यति नै मात्रामा जलस्तर कम हुँदैन र ?

घरमा 'आइस' पगालेको स्मरण गर्नुस् त ! तापमान बढ़नाले हिउँ पग्लिन्छ भने त्यस बढेको तापमानले वाष्पीकरणलाई पनि तीव्र बनाउँछ।समग्रमा भन्न सकिन्छ, संसारका समस्त ध्रुव -ग्लेसियर पग्लिएर पनि समुद्रको जलस्तर बढेर जल प्रलय हुने संभावना १ प्रतिशत पनि छैन। हो कुनै ऐस्टेरॉयड बाटै अकस्मात्  पृथ्वीमा पानी ओइरियो भने  बेग्लै कुरा हो।

क्यास्पियन सागरको बारेमा प्राप्त पछिल्लो जानकारीबाट यसको पुष्टि हुन सक्छ। 'कम्युनिकेशन अर्थ एण्ड एनभायरोमेन्ट' मा प्रकाशित एउटा रिसर्च रिपोर्टका अनुसार क्यास्पियन सागरको जलस्तर घट्दै गइरहेको  छ। यो जलस्तर घट्नुमा अन्य केही नभएर 'ग्लोबल वार्मिंग' नै मुख्य कारण रहेको छ। बढेको तापमानका कारण वाष्पीकरण वृद्धि हुन गई क्यास्पियन सागरको जलस्तर क्रमशः घट्दै गइरहेको छ। 

क्यास्पियन सागरलाई संसारको सबैभन्दा ठूलो 'लेक' भनिन्छ। झण्डै १०३०  किमी लामो र ४३५ किमी चौड़ा यस सागरको क्षेत्रफल झण्डै  ८६ ,४०० स्क्वायर  किमी रहेको छ। औसत गहिराई २११ मीटर रहेको यसको सर्वाधिक गहिराई १०२५ मीटर सम्म रहेको छ।

यस 'लेक'मा भोलगा, उरल, कुरा ,अमु दायरा ,उजबोय सायर डार्या गरी १३० भन्दा बढी नदी मिस्सिने गर्थे।  यी मध्ये कैयन  नदी अब इतिहासका अंग बनी सकेका छन् । रिपोर्टका अनुसार क्यास्पियन सागरको उत्तरी र दक्षिणी भाग सुख्दै गइरहेका छन् । साथै यसको पूर्वी किनार पनि  सुक्ने क्रममा छ।  अध्ययनमा गरिएको अनुमान अनुसार आउने केही वर्ष भित्र क्यास्पियन सागरको जलस्तर १८ मीटरसम्म कम हुन जान्छ, यसले गर्दा सागरको झण्डै ३४ प्रतिशत भाग  विलुप्त हुन्छ।

क्यास्पियन सागरको घटेको जलस्तरले वरिपरिको पुरै इको सिस्टम बर्बाद हुने खतरा बढ्दै गइरहेको छ। 'ग्लोबल वार्मिंग'ले जल प्रलय निम्त्याउँछ अथवा पृथ्वीलाई मरुभूमिमा परिणत गर्छ – यस विषयमा बहस हुनु आवश्यक भएको देखिन्छ, क्यास्पियन सागरको वर्तमानको अवस्थाले।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप