किराँती समुदायले चासोक तङ्नाम पर्व मनाउँदै
फुङलिङ । नेपालका आदिवासी किराँत लिम्बू समुदायको महानचाड ‘चासोक तङ्नाम’ विविध सांस्कृतिक पूजाआजा गरी देशभर मनाइँदै छ । यस पर्वमा घरमा भित्र्ययाइएको नयाँ अन्नबाली कुलदेवता युमामा चढाइसकेपछि खानको लागि अनुमति लिने चलन छ ।
तङ्नामको अवसरमा नयाँ अन्नबालीबाट बनाइएका परिकार खाने चलन छ । तङ्सिङ, च्याब्रुङ (के) बजाएर केलाङ, याःलाङ, हाक्पारे, ख्याली, तुवा र ताम्के गाउँदै याक्वा सेवा गरिन्छ । पङ्लुङ, लितोङजस्ता साँस्कृतिक खेल पनि खेलाइन्छ । पछिल्लो समय चासोक तङ्नामको अवसरमा लिम्बू समुदायमा शुभकामना आदानप्रदान, आत्मियता र सद्भाव साटासाट गरी मनाउने चलन पनि विकसित हुँदै गएको छ ।
प्रकृति पुजक लिम्बू समुदायले प्रकृतिको पूजा गर्दै यो चाड धुमधामका साथ मनाउने गर्दछन् । यसवर्ष ताप्लेजुङमा विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणका कारण भव्य कार्यक्रम गरिएको छैन । स्वास्थ्य सुरक्षा मापदण्डलाई ख्याल गर्दै सामान्य शुभकामना कार्यक्रम मात्र गरिने किराँत याक्थुङ चुम्लुङ, ताप्लेजुङ कार्यवाहक अध्यक्ष डिबी पालुङ्वाले बताए ।
नेपालभर किराँत लिम्बू समुदायले चासोक तङ्नाम मनाउँछन् भने राई र सुनुवार समुदायले यस चाडलाई साकेला (उधौली) भनि मनाउने गर्दछन् । चासोक तङ्नामसँगै तमू समुदायले ल्होसार (नयाँ वर्ष) मनाउने गर्दछन् । आज नै नेपालभर रहेका तमू समुदायले तमू ल्होसार मनाउँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ